शीर्ष नेतामाथि अनुसन्धान गर्न माग

Nayabimarsha (Weekly Newspaper from Nepal)

काठमाडौं । मानव अधिकार तथा शान्ति समाज मोरङले नक्कली भुटानी शरणार्थी काण्डमा अनुसन्धानको दायरामा परेका सबैलाई अनुसन्धान गर्नु आवश्यक रहेको भनी माग गरेको छ । प्रमुख दलका शीर्ष नेताहरुलाई पनि दोषी पाइए कार्बाही गर्नुपर्ने माग राख्दै समाजले मोरङका प्रमुख जिल्ला अधिकारी वीरेन्द्रकुमार यादवलाई ज्ञापनपत्र बुझाएको छ ।
समाजका मोरङका अध्यक्ष प्रा.डा. जीवनकुमार ढकालले मोरङका प्रजिअ यादवमार्फत प्रधानमन्त्री पुष्पकमल दाहालसम्म पुग्ने गरी सो ज्ञापनपत्र बुझाइएको हो । शीर्ष नेताहरुको नाम जोडिदा पनि अनुसन्धान नभएको अवस्थामा जनगुनासो बढी रहेको सन्दर्भमा शान्ति समाजले प्रशासनलाई सो ज्ञापनपत्र बुझाएको हो । समाजले जिल्ला प्रशासन कार्यालय अगाडि कुशासन र दण्डहीनताविरुद्ध धर्नासमेत दिएको थियो । सो धर्नामा माध्यमिक विद्यालय तथा शिक्षालय संघ ‘हिसान’ का केन्द्रीय उपाध्यक्ष भेषराज पोखरेल, रोटरियन सुदीप रिजाल, प्याब्सनका अशोक लामा, अधिवक्ता धना थापा, युवा नेता रुपेश खतिवडा, साहित्यकार रामबाबु दाहाललगायत सहभागी थिए ।
ज्ञापनपत्रमा भनिएको छ ‘नक्कली भुटानी शरणार्थी सन्दर्भमा सरकारी कार्यदल गठनको नियतदेखि चलखेलसम्मका सम्पूर्ण फेरिहस्तहरुको सुक्ष्म अध्ययन अनुसन्धान गरी दोषीहरु प्रमुख दलका शीर्ष नेताहरुसहित जो कोही हुन् कानूनसम्मत कारबाही सुनिश्चित गर्न, सुशासनको प्रत्याभूति, आर्थिक पारदर्शिता र जवाफदेहिता सुनिश्चित गर्न र मानवअधिकार मैत्री ऐन बनाई संक्रमणकालिन न्याय पक्रियालाई टुंगोमा पु¥याउन मानवअधिकार तथा शान्ति समाजको तर्फबाट आग्रह गर्दछौं ।’

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *