भन्सार विभागको महानिर्देशकमा पौडेल

Nayabimarsha (Weekly Newspaper from Nepal)

काठमाडौं/ अर्थमन्त्री प्रकाशरण महतले भन्सार विभागको महानिर्देशकमा १७ दिनपछि सहसचिव शोभाकान्त पौडेललाई पठाएका छन् । पौडेलले जेठ १६ गतेको मन्त्रीस्तरीय निर्णयबाट महानिर्देशक बनी २०८० जेठ १७ गतेदेखि पद बहाली गरेका हुन् ।
सहसचिव पौडेल खानेपानी मन्त्रालयबाट एक हप्ता अगाडि अर्थ मन्त्रालयमा सरुवा भएका थिए । राजश्व अनुसन्धान विभागमा अधिकृत र आन्तरिक राजश्व विभागमा महानिर्देशक बनेर अर्थमन्त्रालयको ज्ञान हासिल गरेका पौडेल युवा जोश, जाँगर भएका क्षमतावान् अर्थमन्त्रालयका ‘क्याडर’ मानिन्छन् ।
पौडेललाई शेरबहादुर देउवा नेतृत्वका अर्थमन्त्री जनार्दन शर्माले आन्तरिक राजश्व विभागबाट सरुवा गरी रितेश शाक्यलाई महानिर्देशक बनाएका थिए । मुलुकमा देखा परेको संकटग्रस्त अर्थतन्त्रका कारण भन्सार कार्यालयहरुबाट राजश्व उठ्न नसकेको वर्तमान अवस्थामा पौडेललाई राजश्व संकलनको लक्ष्य पूरा गर्न सकस पर्ने देखिन्छ । राजश्व उठाउन पौडेल पूर्वमहानिर्देशकभन्दा सफल हुने जानकारहरुले बताएका छन् । सरकारले आगामी आ.ब.का लागि १२ खर्ब राजश्वबाट उठाउने महत्वकांक्षी लक्ष्य लिएको छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *