नेसपाको बैठक भक्तपुरमा

Nayabimarsha (Weekly Newspaper from Nepal)

भक्तपुर/ बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा) को केन्द्रीय समति बैठक आज शुक्रबार समापन हुने भएको छ । भक्तपुरमा हिजो विहीबारदेखि बसेको बैठकमा पछिल्लो राजनीतिक अवस्थाको समीक्षा भएको बताइएको छ । अध्यक्ष बाबुराम भट्टराईले बैठकमा राजनीतिक प्रतिवेदन पेस गरी वर्तमान राजनीतिक अवस्थामाथि आफ्नो धारणा राख्ने तथा अन्य केन्द्रीय सदस्यहरूले त्यसमा सुझाव दिएर आज समापन गर्ने तयारी भएको समाचार स्रोतले जानकारी दिएको छ ।
सोही बैठकमा पार्टीको आगामी योजना तथा कार्यक्रमबारे पनि निर्णय हुने जनाइएको छ । यसैगरी, पार्टीको विधान मस्यौदाको तयारीबारे पनि छलफल भएको तथा आज पनि हुने बताइएको छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *