वामपन्थीको घेराबन्दीले अर्थमन्त्री विवादमा

Nayabimarsha (Weekly Newspaper from Nepal)

काठमाडौं/ नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको सरकारमा अर्थमन्त्री बनेका काँग्रेस नेता प्रकाशरण महत पनि बजेट निर्माणमा विवादमा परेका छन् । नायब सुब्बा (अवकाश प्राप्त) रामकृष्ण श्रेष्ठलाई ‘विज्ञ’ का रुपमा करका दर मिलाउन २०८० जेठ १४ गते राति आर्थिक विधेयकको अन्तिम रुप तयारी गर्ने क्रममा पूर्व ना.सु. श्रेष्ठलाई सहभागी गराएपछि अर्थमन्त्री महत विवादमा तानिएका हुन् ।
गत वर्ष २०७९\०८० को बजेट निर्माणमा पनि तात्कालिन अर्थमन्त्री जनार्दन शर्मालाई पनि यस्तै लफडाले मन्त्री पदबाट राजीनामा गर्न बाध्य बनाएको थियो भने तात्कालिन अर्थसचिव मधु मरासिनी लगायतका सहसचिवहरु विवादित बनेका थिए । अहिले पूर्व ना.सु. श्रेष्ठले बिजुली गाडी, बिलासी मोटर साइकल र चुरोटमा केही निश्चित व्यापारिक घरानालाई फाइदा हुने गरी करका दर हेरफेर गरेको आरोपले संसद बैठकमा एमाले, रास्वपा, राप्रपा र सत्तापक्षकै सांसदहरुले ¥याख¥याख्ती पारेका छन् ।
पहिलो पल्ट अर्थमन्त्री बनेका महतलाई भन्सार विभागका निमित्त महानिर्देशक सेवन्तक पोखरेल, आन्तरिक राजश्व विभागका महानिर्देशक दीर्घराज मैनाली र अर्थसचिव अर्जुन पोखरेलले फसाएको चर्चा चलेको छ । अर्थ मन्त्रालयमा टाउको काँग्रेस भए पनि बाँकी हात, खुट्टा र पेट वामपन्थीहरुको भएकाले अर्थमन्त्री महतलाई असफल पार्ने षड्यन्त्रमा अर्थसचिव पोखरेल नै सकृय रहेको जानकारहरुले बताएका छन् ।
गोप्य कोठामा लगेर करका दर हेरफेर गर्ने पूर्व नासु श्रेष्ठ भन्सार विभागका उपमहानिर्देशक पोख्रेल निकट मानिन्छन् भने डेढ वर्ष अगाडि मात्र सहसचिवमा बढुवा भएका पोख्रेलका कर विज्ञ मानिन्छन् । अर्थसचिव पोख्रेललाई अर्थमन्त्रालयको बारेमा राम्रो ज्ञान नहुँदा उनैले भन्सारका पोख्रेललाई गुहारेको र त्यो बेला भन्सार विभागमा महानिर्देशक नहुँदा निमित्तको हैसियतले गोप्य कोठामा बसेका थिए ।
अर्थमन्त्रालयको गोप्य कोठामा बसेर २४ घण्टा काम गरेको पूर्व ना.सु. श्रेष्ठले स्वीकार गरेका छन् । अर्थमन्त्री महतले नचाहँदा पनि शक्तिकेन्द्रको दबाबमा अर्थसचिव बनेका पोखे्रल एमाले नेता विष्णुप्रसाद पौडेल निकट मानिन्छन् । अर्थ मन्त्रालयमा केही अपवाद बाहेक अधिकांश सहसचिवहरु वाम निकट रहेको श्रोतले बताएको छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *