सांसद र प्रधानमन्त्री प्रश्नोत्तरमा

Nayabimarsha (Weekly Newspaper from Nepal)

काठमाडौं/ हालको प्रतिनिधिसभाको निर्वाचन भएको छैठौं महिनामा हिजो बिहीबार प्रतिनिधिसभाको बैठक नौलो ढंगबाट संचालित भएको देखियो । यस्तो हुनुमा अन्य बैठकको भन्दा भिन्न अवस्था प्रतिनिधिसभामा देखिनु कारक थियो । उक्त बैठकमा सांसदहरुले प्रश्न गर्ने तथा त्यसको जबाफ त्यहीँ नै प्रधानमन्त्रीले दिएको देखिएको थियो ।
प्रतिनिधिसभा नियमावलीअनुसार प्रत्येक महिनाको पहिलो हप्ताको एक घण्टा प्रधानमन्त्रीले सांसदहरूले उठाएका प्रश्नको जवाफ दिनुपर्नेछ भन्ने व्यवस्था छ । त्यस्तो व्यवस्था भए पनि यसअघि यस्तो कार्य नभएको देखिन्थ्यो । नियमावलीले त्यसरी प्रश्न गर्ने सांसदको संख्यामा १५ मा सीमित हुनुपर्ने भनी किटान गरेकाले प्रश्न सोध्ने सांसदहरुको संख्या भने सीमित थियो ।
प्रधानमन्त्रीलाई सोध्ने प्रश्न तीन दिन अगावै संसद सचिवालयमा दर्ता गराउनुपर्ने व्यवस्थाअनुसार २० वटा प्रश्न दर्ता भएका थिए ।
प्रधानमन्त्रीले एउटा प्रश्नको जवाफ दिएपछि मात्रै अर्को सांसदले प्रश्न गर्न पाउने व्यवस्था अनुरुप प्रश्नहरु सोधिएका थिए ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *