पाशुपत क्षेत्रमा अतिरुद्रात्मक रुद्रार्थ लिंगार्चन

Nayabimarsha (Weekly Newspaper from Nepal)

काठमाडौं/ विश्वका हिन्दूहरुको आस्थाका भगवान् श्रीपशुपतिनाथ अवस्थित पाशुपत क्षेत्रको हंसमण्डपमा शनिबार एक दिने श्रीअतिरुद्रात्मक रुद्राक्ष लिंगार्चन तथा श्री ललिता सहस्रनाम पाठ गरिएको छ । उपराष्ट्र«««पति रामसहायप्रसाद यादव प्रमुख अतिथि रहेको उक्त अन्तर्राष्ट्रिय सत्सङ श्री स्वामी समर्थ सेवा एवं आध्यात्मिक विकास मार्ग नेपालले आयोजना गरेको हो ।
शनिबार बिहान गुह्येश्वरी र पशुपतिनाथको परिक्रमा र पूजाआजापछि लिंगार्चन र सहस्रनाम पाठ गरिएको बताइएको छ । नासिकका पिठाधीश परमपूज्य गुरुमाउली श्री अष्णासाहेब मोरेले प्रवचन दिएका थिए । उनले भने, ‘सम्पूर्ण नेपालीको सुख, शान्ति, ऐश्वर्य साथै नेपाल राष्ट्र«««को समुन्नति श्रीवृद्धि र विश्व शान्तिको संकल्प गर्ने अवसर नेपालस्थित श्रीपशुपतिनाथको आँगनमा आएर मिलेको छ ।’
उक्त कार्यक्रमका लागि करिब १५ हजार भारतीय भक्तजन पशुपतिनाथ आएको आयोजकको दाबी छ । कार्यक्रममा १४ हजार छ सय ४१ पटक एकै दिन अतिरुद्री पाठ गरिएको थियो ।
हंसमण्डपमा रुद्राक्षहरुको मालाबाट ठूलो शिवलिंग बनाइएको थियो । सोको पूजा अर्चना आयोजक संस्थाका संरक्षक अमर पन्तले गरेका थिए । उनका अनुसार श्रीअतिरुद्रात्मक रुद्राक्ष लिङ्गार्चन तथा श्रीललिता सहस्रनाम पाठ महोत्सव नेपालमा पहिलो पटक भएको हो ।
संस्थाका अध्यक्ष अहिराज आचार्यले सम्पूर्ण प्राणी जगत्को उद्धार एवं कल्याणार्थ श्रीगुरुदत्तात्रय महाराजले स्वामी समर्थ महाराजको रूपमा प्रकट भई दिंडोरी प्रणित सेवामार्ग स्थापना गर्नु भएको जानकारी गराउँदै उहाँ विभिन्न रूपमा सनातन कालदेखि यस धर्तीमा प्रकट भई कार्यरत हुनुहुन्छ भने । उनका अनुसार, पछिल्लो समयमा श्रीस्वामी समर्थ ई.सं. १८५६ मा प्रकट भई नेपाल, भारत, श्रीलंका, अफगानिस्तान, कम्बोडिया, थाइल्याण्डसम्म भ्रमण गरेका थिए ।
उक्त संस्थाले ७० वर्षदेखि १८ विभाग स्थापना गरी विश्वभर सात हजारभन्दा केन्द्रद्वारा मानव सेवा एवं कल्याणका कार्य गर्दै आएको छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *