डिजीलाई मन्त्री र राज्यमन्त्रीलाई सचिव घाँडो

Nayabimarsha (Weekly Newspaper from Nepal)

काठमाडौं/ पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीको कार्यशैलीबाट वाक्क दिक्क भएका नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारी मन्त्रीलाई बदनाम गर्न लागि परेका छन् । डिजी अधिकारीले विभिन्न शक्तिकेन्द्रमा मन्त्रीलाई हटाउन चलखेल गरेको आरोप लागेको छ ।
अधिकारीले नेकपा (एस) का सांसद तथा पूर्वपर्यटनमन्त्री प्रेमबहादुर आलेलाई प्रयोग गरेको समाचार स्रोतले बताएको छ । अधिकारीलाई सांसद आलेले नै मोटो रकम लिएर कनिष्ठ हुँदाहुँदै महानिर्देशक बनाएका थिए । अहिले राज्यमन्त्री सुशीला श्रीपालीलाई उचालेर मन्त्रीलाई असफल बनाउने खेलमा लागेको जानकारहरुले बताएका छन् ।
पर्यटन राज्यमन्त्री श्रीपालीले आफूसँग समन्वय नगरी काम गरेको भन्दै मन्त्री किराँतीको कार्यशैलीप्रति असहमति राखेकी छन् । मन्त्री र राज्यमन्त्री एउटै पार्टीका भए पनि सार्वजनिक रुपमा राज्यमन्त्री खनिएकी छिन् । खासगरी हेलिपोर्ट निर्माणको कुरा र अन्य विषयमा तालमेल नभएको प्रति राज्यमन्त्री रुष्ट बनेको बताइएको छ । कर्मचारीहरुको सरुवा गर्न नपाएपछि राज्यमन्त्री श्रीपालीले पर्यटन सचिव सुरेश अधिकारीलाई सरुवा गर्न तात्कालिन मुख्यसचिव शंकरदास बैरागीलाई भनेकी थिइन् । राज्यमन्त्रीको कर्मचारी सरुवा मन्त्री र सचिवले रोकेपछि पत्रकार सम्मेलन गरी विवादलाई सतहमा ल्याएकी छिन् ।
यसरी नागरिक उड्डयन प्राधिकरणका डिजीले बाहिर चिप्लो कुरा गरेर भित्र मन्त्रीलाई कसरी हटाउने भन्नेमा हवाईमाफियादेखि भ्रष्टहरुसँग सहकार्य गरेको खबर छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *