निजामतीका कुन–कुन सचिव अवकाश हुँदैछन् ?

Nayabimarsha (Weekly Newspaper from Nepal)

काठमाडौं/ निजामती सेवाका सचिवहरु धमाधम अवकाश हुन थालेका छन् । चालु आर्थिक वर्षमा कोही सचिव पाँच वर्ष र कोही ५८ वर्ष उमेर हद पूरा भएका कारणले अवकाश भएका छन् ।
अघिल्लो महिनाको असारमा सचिव यादव कोइरालासहित तीन सचिव अवकाश भएका थिए । कान्ूुन सचिव धनराज ज्ञवाली आज (श्रावण ५ गते) बाट अवकाश हुँदैछन् । २०८० साउन २३ गते महालेखा परीक्षक कार्यालयकी राममाया कुँवर आगामी भदौ ४ गते, कर्णाली प्रदेशका प्रमुख सचिव डा. गोपीकृष्ण खनाल र शहरी विकास मन्त्रालयमा कार्यरत सचिव रविन्द्रनाथ श्रेष्ठ असोज ११ गते अवकाश हुँदैछन् ।
सचिव श्रेष्ठ सडक विभागको महानिर्देशक र भौतिक पूर्वाधार तथा यातायात सचिव हुँदा आर्थिक चलखेल गरेर बदनाम भएका थिए । उनी सेवा निवृत्त भएसँगै भौतिक पूर्वाधार मन्त्रालयका प्रा. सहसचिव अर्जुनजंग थापा बढुवा हुने सूचीमा रहेको समाचार स्रोतले बताएको छ । यसैगरी असोज २१ गते संसदमा कार्यरत सचिव पदमप्रसाद पाण्डे, कार्तिक ११ गते भूमिसुधार सचिव डा. दामोदर रेग्मी, मंसिर २० गते परराष्ट्र सचिव भरतराज पौडेल र पुस ९ गते ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयका सचिव दिनेश घिमिरे सेवा निवृत्त हुने सूचीमा परेका छन् ।
सचिवहरुको अवकाश हुने सूचीमा महालेखा परीक्षक कार्यालयका उपमहालेखा परीक्षक महेश्वर काफ्ले, युवा तथा खेलकुद मन्त्रालयका सचिव सूर्य गौतम फागुन ६ गतेबाट अवकाश हुने श्रोतले बताएको छ । त्यसैगरी फागुन २६ गते स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी सचिव देवकुमारी गुरागाईं र चैत ११ गते श्रम रोजगार तथा सामाजिक मन्त्रालयका सचिव केवल भण्डारी अवकाश हुने भएका छन् । २०८० साल र २०८१ सालमा गरी झण्डै डेढ दर्जन सचिवहरुको अवकाश हुने भएपछि बढुवाको लाइनमा रहेका वरिष्ठ सहसचिवहरु शक्तिकेन्द्रमा दौडधूप गर्न थालेको समाचार सूत्रले बताएको छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *