काठमाडौं/ श्रोतको सुनिश्चितता नभै असारे विकासको कमिशन मोहले लगाइएको ठेक्काको भुक्तानी नपाएपछि निर्माण व्यवसायीहरु धर्ना र आन्दोलनमा उत्रिएका छन् । निर्माण व्यवसायीहरुले आज श्रावण ५ गते राष्ट्रिय भेलाको आव्हान समेत गरेका छन् ।
निर्माण व्यवसायीहरुले २०७९÷०८० को असार मसान्तसम्म गरेको कामको भुक्तानी पाएका छैनन् । अहिले विभिन्न विकासे मन्त्रालयबाट गरेको कामको भुक्तानी नभएर अर्थमन्त्रालयमा १५ अर्बको बिल बसेको छ भने म्याद थप लगायत अन्य कारणले भुक्तानी नभएको ५० अर्ब रुपियाँ छ । सरकारले बजेट नभएका कारण देखाएर निर्माण व्यवसायीहरुको समस्याप्रति चासो दिएको छैन । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्माले सरकारको ढुकुटीको पैसा नभएकोले भुक्तानी गर्न नसकिएको बताएका छन् । भौतिक र शहरी विकास मन्त्रालयका मन्त्री एवं सचिवले ऋण गरेर भए पनि भुक्तानी गर्ने बताएका थिए ।
भौतिक सचिव शर्माको भनाइप्रति निर्माण व्यवसायीहरुले असन्तुष्टि प्रकट गरेका छन् । निर्माण व्यवसायीहरुको धर्न र आन्दोलनले मन्त्रालय र विभागका उच्च पदस्थ कर्मचारीहरु समेत तनावमा परेको श्रोतले बताएको छ । जिल्लाका डिभिजन प्रमुख र योजना प्रमुखहरु बजेट निकासा गर्न मन्त्रालय र विभाग धाउने गरेका छन् तर समस्या समाधान भएको छैन । खासगरी असारे विकासको रोगले यस्तो अवस्था आएको जानकारहरुले बताएका छन् ।
निर्माण व्यवसायीहरु माइतीघरमा धर्ना
Facebook Comments Box