एकीकृत समाजवादी महाधिवेशनको तयारीमा

Nayabimarsha (Weekly Newspaper from Nepal)

काठमाडौँ/ माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) ले आफ्नो महाधिवेशनको तयारी थालेको छ । यसैलाई मूर्तरुप दिनका लागि दलको केन्द्रीय समितिको बैठक यही साउन २० र २१ काठमाडौँमा बस्ने भएको हो । बैठकले दलको महाधिवेशनको मिति र स्थान तय गर्ने बताइएको छ ।
आगामी माघमा दलको महाधिवेशन गरी संगठनलाई थप विस्तार गर्ने तयारीका साथ महाधिवेशन गर्न लागिएको हो । उक्त बैठकले दललाई आधारभूत तहसम्म स्थापित गर्न आवश्यक कार्ययोजना तथा रणनीति तयार गर्ने बताइएको छ । यही साउन १८ र १९ गते बस्ने पोलिट्ब्यूरो बैठकमा दलका सबै जनवर्गीय संगठनको कार्यसम्पादनको समीक्षा गरिने पनि बताइएको छ ।
गत निर्वाचनहरुमा अन्य दलहरुसँग गठबन्धन गर्नुपर्ने अवस्था आएकाले अबका दिनमा आफ्नै सामथ्र्यमा उम्मेदवारी दिने तयारी पनि सो दलले गरेको छ । आगामी निर्वाचनमा एक्लै प्रतिस्पर्धा गर्न सक्ने गरी दलको संरचना र सामथ्र्य विस्तारका लागि आवश्यक राजनीतिक गतिविधिसमेत सञ्चालन गर्ने योजना बैठकले तयार गर्ने बताइएको छ ।
पोलिट्ब्यूरोको बैठक बस्नुअघि यही साउन १६ र १७ गते स्थायी समितिको बैठक बस्ने छ । त्यसअघि साउन १५ गते खिर खाँदै बस्ने सचिवालय बैठकले स्थायी समिति, पोलिट्ब्यूरो र केन्द्रीय समितिको प्रस्ताव तयार पार्ने बताइएको छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *