विश्वेश्वरको सम्झनाका महोत्सव

Nayabimarsha (Weekly Newspaper from Nepal)

ललितपुर/ नेपाली कांग्रेसले संस्थापक नेता बी.पी. कोइराला (साहित्यमा चलेको नाम– विश्वेश्वरप्रसाद कोइराला) को जन्मजयन्तीको अवसर पारेर साहित्यिक महोत्वस गर्ने भएको छ । बी.पी. साहित्य महोत्सव, २०८० नाम दिइएको सो महोत्सव कोइरालाको भदौ २४ गते परेको एक सय १०औँ जन्मजयन्तीको अवसर पारेर गर्न लागिएको जनाइएको छ ।
कांग्रेस केन्द्रीय कार्यालयको आयोजना र नेपाली लेखक संघको संयोजनमा भदौ २४, २५ र २६ गते महोत्सव गरिन लागेको हो । कांग्रेस केन्द्रीय कार्यालय सानेपा, ललितपुरमा सो कार्यक्रम हुने प्रचार विभाग प्रमुख मीन विश्वकर्माले जानकारी दिए । महोत्सवमा सम्भाषण हुने र महोत्सवका सत्रहरुअन्तर्गत मनोविश्लेषणात्मक साहित्य र व्यक्तिसत्ता, साहित्यमा पर्यावरण, समय र सबाल्र्टन, नेपालको मातृभाषा साहित्य, बी.पी.का आख्यानमा नारी, बी.पी.का आख्यानमा मधेश, बी.पी.का दृष्टिमा बी.पी., बी.पी.ले नपाएका १५ वर्ष शीर्षकमा चल्ने कार्यक्रम भएको बताइएको छ ।
त्यस्तै, अन्तर्राष्ट्रिय राजनीति र कुटनीतिमा बी.पी., समावेशिता, सामाजिक रुपान्तरण र बी.पी., युवा पुस्तामा बी.पी., पठन र परिवारले बुझेका बी.पी. शीर्षकमा समेत सत्रहरु चल्ने प्रमुख विश्वकर्माले जानकारी दिएका छन् । महोत्सवमा कविता साँझ, गजल साँझ, सांगीतिक साँझ, चित्रकला प्रदर्शनी, वृत्तचित्र प्रदर्शनी र ऐतिहासिक तस्वीर प्रदर्शनीसमेत हुने बताइएको छ ।
महोत्सवमा उपस्थितिका लागि प्राज्ञिक व्यक्तित्वहरु, बुद्धिजीवी, अध्येता तथा राजनीतिका अतिरिक्त लेखन साहित्यमा रुचि राख्ने सबैलाई कांग्रेसले अनुरोध गरेको छ ।

 

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *