भौतिकमा सु.ई. र डिईहरुको व्यापक सरुवा

Nayabimarsha (Weekly Newspaper from Nepal)

काठमाडौं/ भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले व्यापक रुपमा सुपरिटेण्डेन्ट इन्जिनियर (सु.ई.) र सिनियर डिभिजनल इन्जिनियर (सिडिई) हरुको सरुवा गरेको छ ।
गत भाद्र २६ गते प्राविधिक सहसचिव सु.ई.हरुको सरुवा टुंग्याएर मन्त्री प्रकाश ज्वाला गृहजिल्ला सल्यान लागेका छन् । सरुवा भएका आठजना सुईहरुमध्ये पाँचजनालाई गत २०७९ फागुन ३ गते तात्कालिन उपप्रधान भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले सरुवा गरेका थिए । सरुवा भएको करिव सात महिनामा फेरी सरुवा हुनेहरुमा सु.ई. नरेशमान शाक्य विभागको पुल महाशाखाबाट गुणस्तर अनुसन्धान तथा विकास केन्द्र, श्यामबहादुर खड्का करिव १ वर्ष उत्तर÷दक्षिण व्यापारिक मार्ग विस्तार आयोजनामा बसेपछि संघीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालय सुर्खेतमा सरुवा भएका छन् । ललिजन खनाल–विभाग पुुल महाशाखा, अजयकुमार मुल करिव सात महिनापछि गुणस्तर, अनुसन्धान तथा विकास केन्द्रबाट आकर्षक मानिएको आयोजना निर्देशक हुलाकी राजमार्ग निर्देशनालय, विनोदकुमार मौवार संघीय सडक सुर्खेतबाट संघीय सडक–दमक, प्रेम प्रकाश खत्री संघीय सडक दमकबाट उत्तर दक्षिण तथा व्यापारिक मार्ग विस्तार आयोजना पुगेका छन् ।
यसैगरी शुभराज न्यौपाने हुलाकी आयोजनाको निर्देशकबाट संघीय सडक सुपरिवेक्षण कार्यालय पोखरा र कुबेर नेपाली जलमार्ग आयोजना (सडक विभाग पुल) बाट पुष्पलाल (मध्यपहाडी) राजमार्ग आयोजनामा सरुवा भएका छन् । सरुवा भएका सु.ई.हरु मध्ये शाक्य विज्ञ मानिन्छन् । शाक्यले पुलमा बजेट खर्च गर्न नसकेको आरोप लागेको छ । सरुवा हुन केही सु.ई. जिल्लाका नेता बोकेर कोटेश्वर धाएको चर्चा चलेको छ ।
यसपालिको सुु.ई.हरुको सरुवामा मधेश प्रदेशका सु.ई.हरुलाई नचलाइएको बताइएको छ । सु.ई.हरुको सरुवामा विगतमा जस्तो आर्थिक चलखेल नभएको जानकारहरुले बताएका छन् ।
यता, भौतिक पूर्वाधार तथा यातायात सचिव केशवकुमार शर्माले गर्ने उपसचिवस्तरका सिडिईहरुको सरुवामा विगतका सचिवहरुले जस्तो आर्थिक चलखेल नगरी मापदण्ड र पारदर्शी हिसाब गरिएको बताइएको छ । काठमाडौं डिभिजनमा चलखेल भएको विभाग परिसरमा भुक्तभोगीहरुले बताएका छन् । कूल ६१ जना सिडिईहरुको सरुवा गरेर मन्त्रालयले भाद्र महिनामा गर्ने सरुवाको बीट मारेको छ ।
सरुवा भएकाहरु यसप्रकार छन् । सिडिई नरेन्द्र सुवेदी– सडक विभाग पुल, बाबुराम सापकोटा डिभिजन सडक–पाल्पा, राजेश प्रसाद पौडेल मुग्लिन–पोखरा (पश्चिम खण्ड), रामकुमार देव डिभिजन सडक–धनकुटा, शिवलाल दाहाल सडक विभाग–सम्भार महाशाखा, कृष्णनाथ ओझा–चक्रपथ विस्तार योजना, अविमन दास मुल्मी–सडक विभाग पुल महाशाखामा सरुवा भएका छन् । यसैगरी राजेन्द्रप्रसाद साह–डिभिजन सडक विराटनगर, अमृतमणि रिमाल–सडक विभाग भू–वातावरण तथा सामाजिक शाखा, नारायण दत्त भण्डारी–सडक डिभिजन काठमाडौं, केदारप्रसाद नेपाल–नागढुंगा–मुग्लिन सडक (पश्चिम खण्ड), नारायण निहुरे–भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, अर्जुन सुवा– भौतिक पूर्वाधार मन्त्रालय, युवराज पोखरेल–मदन भण्डारी गुल्मीमा सरुवा भएका छन् ।
यस्तै, सुनिलबाबु पन्त–काकडभिट्टा लौकही सडक (पूर्वीखण्ड), दीपेन्द्र पाण्डेय–सडक डिभिजन चन्द्रनिगाहपुर, अर्जुनकुमार बम–पुल सेक्टर नेपालगञ्ज, सुमन योगेश–कान्ति लोकपथ, होमबहादुर ए.सी.– मध्यपहाडी पाँचथरमा सरुवा गरिएको छ । केही अपवाद बाहेक मापदण्डलाई आधार मानी गरिएको सरुवामा प्रमाणपत्र पाउन केही उपेक्षित बनेको समाचार श्रोतले बताएको छ ।
सरुवा हुनेमा पशुपति ज्ञवाली– सडक डिभिजन दमौली, विनोद भट्टराई–उत्तर÷ दक्षिण व्यापारिक मार्ग विस्तार आयोजना, अमितकुमार श्रेष्ठ– सडक डिभिजन चरिकोट, लक्ष्मी के.सी. भौतिक मन्त्रालय, प्रदीप भण्डारी– सडक विभाग पुल महाशाखा, दरोगाप्रसाद–पुल सेक्टर इटहरी, विजयकुमार थापा– वीरगञ्ज–पथलैया सडक, श्यामकुमार यादव– मुग्लिन–पोखरा सडक पूर्वी खण्ड, विदुर पोख्रेल–कमला ढल्केवर पथलैया सडकमा सरुवा भएका छन् । यसैगरी विसुन दास लामा–सडक डिभिजन बुटवल, गोपालप्रसाद खकुरेल–मदन भण्डारी राजमार्ग योजना कार्यालय दमक, बलिराज मल्ल हुलाकी राजमार्ग इटहरी, सुवोधकुमार देवकोटा डिभिजन सडक नुवाकोट र सडक योजना, सुदर्शन कार्की गाईघाट दिक्तेल र मदन भण्डारी खण्ड थप जिम्मेवारी, किरण कार्की सडक विभाग, पारसमणि हमाल हुलाकी धनगढी र थप जिम्मेवारी, रमेश भट्टराई सडक डिभिजन डोटी, दीपककुमार झा सडक विभाग पुल सरुवा भएका छन् ।
त्यसैगरी उज्वल श्रेष्ठ कमला–कञ्चनपुर सडक (पश्चिम खण्ड), जगत प्रजापति काकडभिट्टा लौकही सडक (पश्चिमखण्ड), आरती साह पुल सेक्टर काठमाडौं, सविन जोशी सडक विभाग पुल महाशाखा, माधव अधिकारी हुलाकी राजमार्ग निर्देशनालय, अमिन्द्र खड्का ११ किलो छोपेटार गोरखामा सरुवा भएका छन् । लीलाबहादुर भण्डारी हुलाकी राजमार्ग नेपालगञ्ज, नवराज बास्तोला डिभिजन सडक पोखरा, प्रदीपमणि निरौला तमोर करिडोर, सरला न्यौपाने डिभिजन सडक ईलाम, कुशलता न्यौपाने मध्यपहाडी दैलेख, विवश बाबु सदादेव सडक डिभिजन शिवपुर कपिलबस्तुमा सरुवा हुनेमा परेका छन् ।
सरुवा भएका अन्यमा अमितकुमार शर्मा सडक विभाग योजना, क्षितिज जोशी सडक सुधार तथा विकास आयोजना, शुभाञ्जन दाहाल सडक डिभिजन खुम्लिङ्गटार, तेजस्वी शर्मा सडक डिभिजन चौरजहारी, ज्ञानेन्द्रप्रसाद कलौनी पुल सेक्टर पोखरा रहेका छन् । यस्तै आशिका पोखरेल सडक विभाग, पुजन गिरी सेती राजमार्ग दक्षिण खण्ड सडक योजना, खुमबहादुर भण्डारी सडक डिभिजन सुर्खेत, आसुतोष कर्ण निमित्त डिभिजन प्रमुख साँफेबगर, नेत्रप्रसाद देवकोटा शहीद मार्ग रोल्पा, लक्ष्मण रावल धनगढी, हसनपुर दिपायल सडक योजना र वीरेन्द्रबहादुर चन्दलाई कर्णाली कोरिडोरको जिम्मेवारी दिएर सचिव शर्माले नेताहरुको चित्त बुझाएका छन् ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *