रा.वा.बैंकको वार्षिकोत्सव

Nayabimarsha (Weekly Newspaper from Nepal)

काठमाडौं/ राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले ५९ औं वार्षिकोत्सव मनाएको छ । बैंकको थापाथली शाखाको नवनिर्मित भवनको उद्घाटन पनि गरियो । यसैगरी वार्षिककोसवको अवसरमा प्रकाशन गरिएको विशेषाङ्क स्मारिका उपहार–२०८० पनि सो अवसरमा विमोचन गरियो ।

यसैगरी कार्यक्रममा पूर्वकर्मचारी सम्मान कार्यक्रम, उत्कृष्ट शाखा कार्यालय, सर्वोत्कृष्ट÷उत्कृष्ट बैंक सेवा पुरस्कार घोषणा पनि गरिएको थियो । कार्यक्रममा बैंक सञ्चालक समितिका अध्यक्ष दिलीपकुमार ढुङ्गानाले बैंकिङ क्षेत्रमा बढ्दै गएको प्रतिस्पर्धात्मक वातावरण तथा तीव्र रूपमा ग्राहकका आकाङ्क्षाहरू परिवर्तन भइरहेको बताए । बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले बैंकको वर्तमान स्थिति र समग्र योजनाको बारेमा जानकारी गराए ।

बैंकका दुई सय ८६ शाखा कार्यालयहरु सञ्चालनमा रहेका छन् । डिजिटल बैंकिङ्ग क्षेत्रमा समेत बैंकले उल्लेखनीय फड्को मारेको बताइएको छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *