सु.प.मा नाउपाको अडान

Nayabimarsha (Weekly Newspaper from Nepal)

भक्तपुर/सुदूरपश्चिम प्रदेशमा सरकार गठन र विघटनका लागि निर्णायक अवस्थामा रहेको नागरिक उन्मुक्ति पार्टीले सो प्रदेशमा आफ्नो दलले मुख्यमन्त्री पाउनु पर्ने अडान राखेको छ । नाउपाले सुदूरपश्चिम प्रदेशमा मुख्यमन्त्रीको विषयलाई सरकारको विषयमा ‘बटमलाइन’ बनाएको सो पार्टीका अध्यक्ष रेशम चौधरीले बताएका छन् ।
नेपाली कांग्रेसका कमलबहादुर शाह नेतृत्वको सरकारमा उक्त पार्टी सहभागी छ । बदलिएको समीकरणमा पनि नाउपा विना सुदूरपश्चिम प्रदेशमा प्रदेश सरकार सहज रुपमा बन्न नसक्ने अवस्था रहेको बताइएको छ ।
सो प्रदेशमा सरकार बनाउन बहुमतका लागि २७ सांसद चाहिने देखिन्छ । एमालेका १०, माओवादीका (सभामुख बाहेक) १० र एकीकृत समाजवादीका ४ गरी २४ जना मात्र सांसद रहेको अवस्थामा वर्तमान प्रदेश सरकार ढाल्नका लागि हालको नयाँ गठबन्धनलाई सहजा अवस्था छैन । कांग्रेसका (एक सिट खाली) १८, नाउपाका ७, राप्रपाका १ सांसद र १ स्वतन्त्र सांसद छन् । नाउपाले साथ नदिएको अवस्थामा नयाँ गठबन्धनलाई सरकार बनाउन राप्रपा र स्वतन्त्र सांसदको समर्थन आवश्यक देखिन्छ जुन त्यति सहज देखिएको छैन ।
यस्तो अंकगणितीय अवस्थामा नाउपाले कांग्रेसको साथ चाहेको छ । नाउपालाई मुख्यमन्त्री दिएका खण्डमा उसले कांग्रेस, राप्रपा र स्वतन्त्र सांसदको साथमा सुदूर पश्चिम प्रदेशमा सरकार बनाउने आशा गरेको छ । यसैबीच, केन्द्रमा नाउपालाई सरकारमा जानबाट रोक्नका लागि पनि कांग्रेसले सुदूर पश्चिम प्रदेशमा नाउपालाई मुख्यमन्त्रीका लागि सहयोग गर्दा उचित हुने भनी कांग्रेसका नेताहरुले कांग्रेसका सभापति शेरबहादुर देउवालाई सल्लाह दिएको बताइएको छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *