सरकारबारे ज्योतिषको भविष्यवाणी

Nayabimarsha (Weekly Newspaper from Nepal)

काठमाडौं/ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका ‘ज्योतिष’ का रुपमा कहलिएका सुरेशचन्द्र रिजालले हालको सत्ता गठबन्धन नटिक्ने दाबी गरेका छन् । यही फागुन २१ गते कांग्रेससहितको गठबन्धनलाई प्रधानमन्त्री पुष्पकमल दाहालले तोडी नेकपा (एमाले) सहितको गठबन्धन बनाएकोलाई लक्षित गर्दै रिजालले त्यस्तो भविष्यवाणी गरेका हुन् । उनले एमाले र नेकपा (माओवादी केन्द्र) को हालको गठबन्धनबाट कुनै निकास ननिस्किने दाबी पनि गरेका छन् ।
उनले ज्योतिषीय हिसाबले हेर्दै अहिले एमाले–माओवादी गठबन्धनको पक्षमा ग्रह र योग नगरहेको दाबी गरेका छन् । गठबन्धनमा रहने दुवै दललाई समय निकै कष्टकर रहेको दाबी उनले सामाजिक सञ्जालमार्पmत व्यक्त गरेका छन् ।
उनले सामाजिक सञ्जालमा लेखे अनुसार मिल्ने र मिल्न जाने दुवैको खण्डित छत्र–भङ्ग ग्रह योग परेकाले सहभागी दलहरूलाई निक्कै कष्टकर हुने दाबी पनि गरेका छन् ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *