‘चुप चाप’ सार्वजनिक

Nayabimarsha (Weekly Newspaper from Nepal)

काठमाडौं/ गायिका निता आचार्यको स्वरमा रहेको गीत ‘चुप चाप’ सार्वजनिक गरिएको छ । गीतको भिडियो निता आचार्यको अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो । विश्व साइकल यात्री पुस्कर शाहको शब्द, शंकर थापा ‘स्माइल’ को संगीत, विश्व अधिकारीको एरेञ्ज र कुमार के.सी.को मिक्सिङ÷माष्टरिङ रहेको गीतको भिडियो सार्वजनिक गरिएको हो ।
किरण श्रेष्ठले निर्देशन गरेको गीतको भिडियोमा अभिनेत्री शर्मिला मल्ल र पुस्कर शाहलाई फिचरिङ गरिएको बताइएको छ । प्रताप सिंहको छायांकन रहेको भिडियोमा बुद्धि तामाङको श्रृंगार रहेको छ । गीत जति राम्रो छ गीतको भिडियो पनि त्यतिकै उत्कृष्ट बनेको छ । सबैको मिहिनेतले एउटा राम्रो गीत र यसको भिडियो श्रोता÷दर्शकमाझ पस्किएको भनी गायिका आचार्यले बताएकी छिन् । आचार्यका ‘जिन्दगी, सँगै जिउने हो भए साथमा नभए यादमा, झिमझिम परेली, गरिदेउ बिदा, मनको धोको’ जस्ता गीत श्रोता÷दर्शकमाझ लोकप्रिय छन् ।
नेपालबाहिर अमेरिकामा बस्दै आएकी आचार्यले सबै प्रकारका गीत गाउँदै आएकी छिन् ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *