अजयले शैतानबाट लिए २५ करोड

Nayabimarsha (Weekly Newspaper from Nepal)

मुम्बई/ अजय देवगन र आर माधवन यतिबेला आफ्नो आगामी चलचित्र ‘शैतान’ लाई लिएर चर्चामा छन् । यो चलचित्र छिट्टै हलमा रिलिज हुँदैछ ।
यसको ट्रेलर निकै आकर्षक छ । अहिले यो चलचित्रको कलाकारले लिएको पारिश्रमिकलाई लिएर बढी चर्चा चल्ने गरेको छ । मुख्य अभिनेता अजय देवगनको कुरा गरौं, उनले २५ करोड भा.रु.पारिश्रमिकबापत् लिएको बताइएको छ ।
ट्रेलरमा आर माधवन निकै डरलाग्दो देखिएका छन् । अभिनेता पनि मुख्य भूमिकामा छन् । माधवनले फिल्मका लागि १० करोड पारिश्रमिक लिएको बताइएको छ । साउथ अभिनेत्री ज्योतिकाको पनि महत्वपूर्ण भूमिका छ । अभिनेत्रीले शैतानका लागि ५ करोड भारु पारिश्रमिक लिएको बताइएको छ ।
यसमा जानकी बोडिवालाले अजय देवगनकी छोरीको भूमिका निभाएकी छिन् । जानकीमा मात्रै कालो जादू हुन्छ । जानकीले यो चलचित्रका लागि २–३ करोड भारु लिएकी बताइएको छ ।
शैतान चलचित्र कालो जादूमा बनेको हो । यसमा आर माधवन तान्त्रिकको भूमिकामा छन् । थ्रिलर र हररले भरिपूर्ण यो चलचित्रको ट्रेलर सार्वजनिक भएको छ, जसलाई निकै रुचाइएको छ । यो चलचित्र मार्च ८ मा हलमा रिलिज हुँदैछ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *