नेपालीभाषीको भेलाद्वारा बैङ्ककमा एएनओ गठन

Nayabimarsha (Weekly Newspaper from Nepal)

भक्तपुर/ विश्वका विभिन्न देशमा बसोबास गरिरहेका नेपालीभाषीहरुले आफूहरुलाई संगठित गर्नका लागि एउटा संस्थाको गठन गरेका छन् । थाइल्याण्डको राजधानी बैङ्ककमा भएको भेलामा नेपालीलाई एकत्रित गरी नेपाली भाषा र संस्कृतिको संरक्षण गर्न एशोसिएसन अफ नेपाली ओरिजिन (एएनओ) हालै गठन गरिएको हो ।
विश्वका कम्तीमा २७ देशका नेपालीमूलका सामाजिक अभियन्ताहरूको प्रतिनिधित्व रहेको भेलालाई पहिलो महाधिवेशनको स्वरुप दिइएको पनि बताइएको छ । भुटानमा जन्मी हाल अमेरिकामा बसोबास गर्ने नेपालीमूलका समाजसेवी डिल्ली अधिकारीको अध्यक्षतामा ५४ सदस्यीय कार्यसमिति गठन गरी यसलाई अझै झांगिने वातावरण बनाउने प्रण सहभागीहरुले गरे ।
उनी इन्ट्रा नेशनल वेलफेयर एण्ड सपोर्ट फाउण्डेसन अफ अमेरिकाका अध्यक्ष हुन् । सोही फाउण्डेसनको सहयोग र समन्वयमा नेपालीभाषीहरूको यो पहिलो महाधिवेशनको भएको बताइएको छ ।
सो भेलाले उपाध्यक्ष वरिष्ठमा अधिवक्ता सुशीलकुमार पन्त, महासचिवमा चुडामणि भट्टराई, सचिवमा चिरनजङ्ग थापा, सहसचिवमा अर्जुनकुमार पौडेल, कोषाध्यक्षमा उदयनारायण मिश्र र सहकोषाध्यक्षमा गोपी कार्कीलाई चयन गरेको छ ।
यसैगरी संस्थाको बोर्ड अफ ट्रष्टीमा अध्यक्ष अधिकारीसहित सदस्यहरूमा सुशीलकुमार पन्त, चुडामणि भट्टराई, साधना घिमिरे, बाबुकृष्ण कार्की, सुनिता गुरुङ, ओमराज गुरुङ, वात्सना राई, टि.बी. गुरुङ, विरास अधिकारी र करिष्मा सुब्बालाई चयन गरिएको जनाइएको छ ।
सो भेलामा नेपालसहित भारत, थाइल्याण्ड, म्यानमार, साउदी अरेबिया, संयुक्त अरब इमिरेट्स, संयुक्त राज्य अमेरिका, बेलायत, पोर्चुगल, जर्मनी, दक्षिण कोरिया, इटाली, न्युजिल्याण्ड, भियतनाम, कम्बोडिया, बहराइनलगायतका २७ देशमा बसोबास गरिरहेका नेपालीहरूको सहभागिता रहेको अध्यक्ष डिल्ली अधिकारीले जानकारी दिए ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *