कसले ‘चञ्चल’ बनायो बबिनाको मन ?

Nayabimarsha (Weekly Newspaper from Nepal)

काठमाडौ÷ भन्न त भन्छन् यहाँ ‘माया आफै हुन्छ लाउन पर्दैन’ भनेर । भर्खरै सार्वजानिक भएको गजल ‘चञ्चल’ मा भने युवतीले गजलकारलाई गुनासो गरेकी छिन् आफूलाई नसोधिकन दिलमा सजाएकोमा अनि आफ्नो शान्त अनि कोमल मनलाई चञ्चल बनाएकोमा ।
आफूलाई रित्तो घडाको उपमा दिँदै हालसम्म उनी आफ्नो सामु कोहि नआएको तर उनको आवगमनको रहर चाहिँ के हो त ? भनेर प्रश्न गर्छिन् । आफै गुनासो गर्दै सायद सरोजलाई टुना नै लगाएकी हुन् कि उनले ? उनीसँंगको टाढापन, उनीसँंगको विछोडको पीडा सम्झँदा मात्रै पनि अत्यास मान्छन् गजलकार ।
उनीसँंग जोडिएको मायालु नाता नछुटोस् भन्ने आग्रह छ गजलकारको । गजलका शेरहरुमा यहि अनुनय विनय गरेका छन् गजलकारले । सायद नसोधिकन दिलमा सजाएकोले होला ती युवतीलाई भने यो सम्वन्ध स्वीकार छैन, उनले आफूलाई राखेको दिल हो भन्ने पनि भुलेर त्यहि दिलमा अन्धाधुन्ध धारिलो छुरा चलाउँछिन्, उनको छुरा प्रहारले दिल टुक्रा टुक्रा भएको, छियाछिया भएको छ गजलकारको । छियाछिया भएको दिल लिएर पनि बाँच्न विवश भएका छन् गजलकार, आफै बसेको दिलमा पनि अन्धधुन्ध छुरा चलाउन सक्ने उनको निष्ठुरीपनले सख्त घायल छन् उनी ।
आफ्नो निर्दोष मन वसमा राख्न नसकेर उनलाई दिलमा सजाएकोमा पछुतो छ सायद्, उनले धीरताको सीमास्तम्भ नै गल्र्याम्म ढलाएकी छिन् । यति बेला त्यो धीरताको स्तम्भ फुटेर चकनाचुर भएको छ, उनले चलाएकी छुराले दिल घायल भएको छ, विह्ल भएको छ । कसैलाई नसोधेर दिलमा सजाउनुको पीडा गजलले बोलेको छ । नसोधिकन कसैलाई पनि दिलमा नसजाउन गजलले सजग बनाएको छ ।
मनमा प्रेमिल भाव उब्जिन सक्छ, कसैप्रति मन आकर्षित हुन सक्छ तर नसोधिकन त्यो भाव प्रकट गर्न नहुने रहेछ भन्ने सन्देश पनि बोकेको छ गजलले । बबिना भट्टराईको अफिसियल युट्ब च्यानलबाट सार्वजानिक भएको गजल ‘चञ्चल’ पछिल्लो समय विभिन्न सुमधुर गीत, गजल, भजन र नेपाली गीति क्षेत्रमा पहिलो चारु गाएर नेपाली सुगम संगीतमा छाइरहेकी छिन् । चर्चित गायिका बविना भट्टराईको स्वर र संगीतमा सार्वजनिक भएको छ भने ‘चञ्चल’ गजलका शेरहरु लिपिवद्ध गरेका हुन् सरोज संगम रावलले । उक्त गजलको एरेन्ज सञ्जय श्रीपालले गरेका छन् भने मिक्सिङ र मास्टरिङ प्रकाश खरेलको रहेको छ ।
म्युजिक नेपालको स्टुडियो, अनामनगरमा नकुल कार्कीेले उक्त गजल रेकर्ड गरेका हुन् । जस्केलो क्रियशनद्वारा निर्माण गरिएको गीतको भिडियोमा गायिका तथा संगीतकार बबिना भट्टराई वाद्यवादकको समूहसँंग आफै फिचर्ड छिन् ।
‘हसाउँछौ तिम्रै मर्जी, रुवाउँछौ तिम्रै मर्जी….’ बोलको अविनाश थापाको शब्द तथा दीपक शर्माको संगीतमा पहिलो गीत गाएकी बबिनाकोे १५ वर्षभन्दा बढिको संगीत यात्रामा विभिन्न गीत तथा भजनहरुमा स्वर तथा संगीत दिएकी छिन् । सुगम संगीत तथा भक्ति संगीत पारखी दर्शक तथा स्रोताको मुटुको ढुकढुकी बनेकी छिन् उनी ।
संगीत क्षेत्रबाट चरमचुलीमा पुग्ने जीवनको अभिष्ट लिएर संगीतयात्रामा यात्रारत् बबिनाका भगवान श्री कृष्णका भजनहरु काले काले कृष्ण, मधुराष्टकम्, महामन्त्रको रुपमा जपिने हरे कृष्ण हरे कृष्ण कृष्ण कृष्ण हरे हरे ..हरे राम हरे राम राम राम हरे हरे, अच्युतम् केशवम् रामानारायणम्, श्री कृष्ण गोविन्द हरे मुरारे, अच्युताष्टकम लगायत भगवान श्री राम, महादेव, हनुमान चालिसा, दुर्गा भजन, गायत्री मन्त्र लगायतका विभिन्न भजनहरु बीणा भक्ति युट्ब च्यानलमा संग्रहित रहेका छन् । उनका व्यावसायिक गीतहरु उनको आफ्नै ‘बबिना भट्टराई’ युट्ब च्यानलमार्फत सार्वजानिक हँुदै आएका छन् ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *