कांग्रेसको एक सांसद थपिए

Nayabimarsha (Weekly Newspaper from Nepal)

ललितपुर/ प्रतिनिधिसभाको सांसदमा नेपाली कांग्रेसका एकजना सांसद थपिन पुगेका छन् । त्यसो त गत निर्वाचनमा निर्वाचित भएर पनि अदालतमा मुद्दा विचाराधीन अवस्थामा रहेका सांसद टेकबहादुर गुरुङ अब भने संसदमा क्रियाशील हुन पाउने भएका हुन् ।
आफ्नो निलम्बन फुकुवा गर्न माग गरी रिट दायर गरेका गुरुङको पक्षमा सर्वोच्च अदालतले फैसला गरेपछि उनलाई संसदको बाटो खुलेको हो । संसदमा महासचिव पद्मप्रसाद पाण्डेयले बुधबार सूचना जारी गर्दै सर्वोच्चको आदेशअनुसार निलम्बन फुकुवा गरेको सूचना जारी गरेपछि अब संसदका हुने कुनै पनि मतदानमा उनी पनि सामेल हुन पाउने भएका हुन् ।
मनाङबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित सांसद गुरुङ २०७९ पुस १२ गते निलम्बनमा परेका थिए । गुरुङले फागुन २१ गते रिट दायर गरेका थिए ।
पूर्वमन्त्री समेत रहेका गुरुङ मनाङका लोकप्रीय नेतामा पर्छन् । मुद्दा विचाराधीन रहेको अवस्थामै चुनावमा भाग लिंदा पनि उनी विजयी भएका थिए । उनले दुई हजार पाँच सय २५ मत पाई विजयी भएका थिए । उनका प्रतिद्वन्द्वीमा नेकपा (एमाले) पाल्देन छोपान गुरुङले दुई हजार दुई सय ४७ र राष्ट्रिय स्वतन्त्र पार्टीका मुख्या गुरुङले पाँच मत पाएका थिए ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *