नारायणकाजीसँग दाहाल रुष्ट

Nayabimarsha (Weekly Newspaper from Nepal)

ललितपुर/ नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल र उपाध्यक्ष नारायणकाजी श्रेष्ठका बीचमा मनमुटाव फेरि देखिन थालेको छ । प्रधानमन्त्रीबाट हटेका दाहाल आफ्नै पिरलोमा रहिरहेको अवस्थामा श्रेष्ठले भागवण्डालाई मात्र प्राथमिकतामा राख्ने कार्य गरेको भन्दै दाहाल रुष्ट भएको समाचार स्रोतले जानकारी दिएको छ ।
दाहाललाई भेट्न भनी निवासमा पुगेका श्रेष्ठलाई दाहालले यस्तै पारा हो भने आ–आफ्नो बाटो हिंड्दा राम्रो भनी भनेको स्रोतले बतायो । हरक कुरामा भागवण्डा खोज्ने श्रेष्ठको प्रवृत्तिबाट दाहाल वाक्क दिक्क भएका कारण श्रेष्ठलाई आफ्नो बाटो लागे हुने भन्नेसम्मको कुरा भनेको पनि समाचार स्रोतले जानकारी दिएको छ ।
श्रेष्ठ नेतृत्वको पूर्व एकता केन्द्र समूहका अधिकांश नेताहरुलाई दाहालले आफ्नो पक्षमा ल्याएपछि श्रेष्ठलाई बाहि¥याउन चाहेको पनि समाचार स्रोतको दाबी छ । पूर्व एकता केन्द्र समूहका उपमहासचिव रहेका गिरिराजमणि पोखरेल, सचिव लीलामणि पोखरेल र उनकी श्रीमती शशि श्रेष्ठ लगायतका नेता–नेतृहरु अहिले दाहालकै पक्षमा आइसकेका कारण पनि दाहालले श्रेष्ठको कचकचलाई सहन नसकेको बताइएको छ । यसैगरी अमिक शेरचनलाई दाहालले दुई पटक प्रदेश प्रमुख बनाएर आफ्नो पक्षमा राखेका कारण पनि दाहालको भनाइबाट आफूलाई आहत पुगेको ठानी श्रेष्ठ आफन्तसँग दाहालको विषयमा गुनासो गर्न थालेको पनि बताइएको छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *