अलाइन्स फर डेमोक्रेसी एण्ड डिभलोपमेन्ट दर्ता

Nayabimarsha (Weekly Newspaper from Nepal)

काठमाडौं/ लोकतन्त्र (डेमोक्रेसी) र विकास (डिभलोपमेन्ट) लाई एकसाथ लाने उद्देश्य लिएर सामाजिक संस्था दर्ता गरिएको छ । कम्पनी रजिष्ट्रारको कार्यालयमा अलाइन्स फर डेमोक्रेसी एण्ड डिभलोपमेन्ट नाम दिएर उक्त कम्पनी दर्ता गरिएको हो ।
मुनाफा वितरण नगर्ने कम्पनीको रुपमा उक्त कम्पनी दर्ता हालै दर्ता गरिएको कम्पनीका अध्यक्ष रामेश्वर ढकालले जानकारी दिएका छन् । उक्त कम्पनीको संस्थापक सदस्यहरुमा कौशल कुमार भट्टराई (उपाध्यक्ष सरहको जिम्मेदारी), सुभद्रा चौलागाई (सचिव सरहको जिम्मेदारी), विनिता पन्त (कोषाध्यक्ष सरहको जिम्मेदारी) र रुपा काफ्ले रहेका छन् ।
नेपालका रहेको लोकतान्त्रिक व्यवस्थालाई थप मजबुद बनाउने तथा प्रदेश सरकारका विकृतिगत पक्षहरुको खोजी गर्ने उद्देश्य पनि कम्पनीले लिएको बताइएको छ । प्रदेश सरकारको संचालनलाई लिएर विभिन्न किसिमका नकारात्मक आवाजहरु आइरहेको हालको अवस्थामा प्रदेश सरकारलाई प्रभावकारी के कसरी बनाउन सकिएला भन्ने विषयलाई कम्पनीले प्रदेश सरकारहरुसँग सहकार्य गरी पत्ता लगाउने कार्यमा समेत आफूलाई क्रियाशील राख्ने उद्देश्य लिएको अध्यक्ष ढकालले जानकारी दिए ।
यसैगरी संघ, प्रदेश तथा स्थानीय तहहरुमा विकास निर्माणका कार्यहरु के कसरी भैरहेका छन्, तिनीहरुलाई अझ प्रभावकारी ढंगबाट के कसरी संचालन गर्न सकिन्छ भन्ने कुराहरुको अनुसन्धान समेत गर्ने लक्ष्य संस्था (कम्पनी) ले लिएको अध्यक्ष ढकाल जानकारी दिन्छन् । उनले भने, ‘लोकतन्त्र र विकास एकअर्काका परिपूरक हुन् भन्ने कुरालाई स्थापित गर्नका लागि पनि हाम्रो संस्थाले कार्य गर्नेछ ।’ उनी भन्छन्, ‘देशमा रहेका जनशक्तिलाई आफ्नो सीप र योगदानका विषयमा जानकारी गराउने, मुलुकमा सुशासन कायम गर्न योगदान दिने तथा जनप्रतिनिधिहरुलाई समेत आफ्नो पदको काम, कर्तव्य र अधिकारका विषयमा जानकारी गराई समाजलाई सही ढंगबाट संचालन गराउन सानोमात्रामा भए पनि योगदान संस्थामार्फत दिन सकिने सोंच लिइएको छ ।’
उक्त संस्थाले दक्ष जनशक्ति, मानव संसाधन, वातावरण आदिका विषयमा विभिन्न किसिमका तालिम, प्रशिक्षण समेत प्रदान गर्ने लक्ष्य लिएको बताइएको छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *