पर्यटनमन्त्री खरो रुपमा उत्रिँदै

Nayabimarsha (Weekly Newspaper from Nepal)

काठमाडौं/ संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे खरो रुपमा उत्रिन थालेका छन् । करिब दुई वर्ष मन्त्री बन्ने अपेक्षासहित जिम्मेदारी सम्हालेका मन्त्री पाण्डेले मन्त्रालय मातहत निकायलाई आफ्ना काम चुस्त र परिणाममुखी बनाउन निर्देशन दिएका छन् ।

संस्कृति महाशाखा अन्तर्गतका निकायका पदाधिकारीसँग समस्या तथा चुनौती र समाधानका उपाय विषयक छलफलमा मन्त्री पाण्डेले अबको दिनमा पनि अल्झिएर कार्य गर्ने छुट आफूहरुलाई नभएको बताए । उनले भने ‘मन्त्रालयमा कुन फाइल कहाँ अड्किएको छ, त्यसको २४ घण्टाभित्र छिनोफोनो गर्नुस् ।’ ।

यसैगरी बुधबार आयोजित उक्त कार्यक्रममा उनले असोजभित्र प्रत्येक निकायलाई कार्य प्रगति विवरण पेस गर्न निर्देशन पनि दिए ।

उनले त्रैमासिक समीक्षा गर्ने बेलासम्म बजेट भाषण र रेडबुकमा परेका कार्यक्रमबारे अनिवार्य जानकारी गराउन भन्दै मन्त्री पाण्डेले कामको प्राथमिकता निर्धारण गरी सोही अनुसार अघि बढ्न निर्देशन दिए । कर्मचारीले इमान्दारीपूर्वक व्यावसायिक धर्म निर्वाह नगर्दा काममा ढिलो हुने बताउँदै मन्त्री पाण्डेले गर्नुपर्ने कामको प्राथमिकीकरण, नीति सूचीकरण, कानून निर्माण प्राथमिकताका साथै संरचनागत रूपमा कहाँ–कहाँ त्रुटि छन्, त्यसबारे संवेदनशील भएर अघि बढ्न आग्रह गरे ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *