टानमा माओवादीको शान

Nayabimarsha (Weekly Newspaper from Nepal)

काठमाडौं/ ट्रेकिङ एजेन्सिज एशोसिएसन अफ नेपाल (टान) को निर्वाचन परिणामले हालको सत्ता गठबन्धनलाई धक्का दिएको छ । सत्ता गठबन्धनमा रहेका नेपाली कांग्रेस र नेकपा (एमाले) मिलेर चुनावमा होमिँदा समेत अध्यक्ष लगायतका महत्वपूर्ण पदमा नेकपा (माओवादी केन्द्र) निकटका उम्मेदवारहरु विजयी हुँदा सत्ता गठबन्धनलाई धक्का लाग्न पुगेको हो ।
अध्यक्षमा सागर पाण्डे विजयी हुँदा सत्ता गठबन्धनका उम्मेदवारले पराजय भोग्नु परेको हो । पाण्डेलाई जिताउनका कांग्रेसका केही व्यक्ति लागेको आरोप लाग्ने गरेको छ । उम्मेदवार चयनको विषयलाई लिएर कांग्रेसमा मात्र नभई एमालेमा समेत मतभिन्नता रहेका कारण त्यस्ता पक्षधरहरुले गठबन्धनका उम्मेदवारहरुलाई हराउन सहयोग पु¥याएको आरोप पनि लागि रहेको छ ।
कांग्रेस–एमाले निकट व्यवसायी गठबन्धनका साझा उम्मेदवार राजेन्द्र सापकोटाले पराजय भोग्नु परेको कुराले हालको गठबन्धनमा भोलिका दिनमा पनि समस्या आउने आंकलन गरिएको छ ।
पाण्डेले ५८० मत पाए । उता, सापकोटाले ४८० मत मात्र पाए । यसैगरी वरिष्ठ उपाध्यक्षमा कर्मा शेर्पा ५५८ मतसहित विजयी भए । उनका प्रतिस्पर्धी चोलेन्द्रबहादुर कार्कीले ४८६ मत पाएका थिए ।
प्रथम उपाध्यक्षमा विष्णुप्रसाद लम्साल ५३५ मतसहित विजयी भए भने दावा लामा (तामाङ) ले ५१० मत पाई पराजित हुन पुगे । यस्तै, द्वितीय उपाध्यक्षमा सनम शेर्पा ५४४ मतसहित विजयी भए भने निशेष थापाले ४९३ मत मात्र ल्याए ।
महासचिवमा सोनाम ग्याल्जेन शेर्पा विजयी भए । शेर्पाले राजेन्द्रप्रसाद सुवेदीलाई ५६ मतान्तरले हराए । शेर्पाले ५५० र सुवेदीले ४९४ मत पाए । यस्तै, सचिवमा रिन्जी जाङ्बु शेर्पा, कोषाध्यक्षमा राजेन्द्रराज वाग्ले र सहकोषाध्यक्षमा लाक्पा तेम्बा शेर्पा विजयी भए । यसैगरी महिला सदस्यमा पवित्रा तामाङ विजयी भइन् ।
खुला सदस्यहरुमा अम्बिरबहादुर गुरुङ, विनोदकुमार तामाङ, होमबहादुर विश्वकर्मा, फुर्पुछिरिङ ल्होमी (भोटे), विकास गुरुङ, सागर राई, छाप्ते लामा र राजु गुरुङ विजयी भए ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *