गैसस काठमाडौंमा भट्टराई

Nayabimarsha (Weekly Newspaper from Nepal)

काठमाडौं/ गैर सरकारी संस्था महासंघ काठमाडौं जिल्ला शाखामा नयाँ नेतृत्व आएको छ । २३ औं वार्षिक साधारणसभा तथा ११ औं अधिवेशनले राम कुमार भट्टराईको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको हो ।
भट्टराई निर्विरोध निर्वाचित भएका थिए ।

यसैगरी उपाध्यक्षमा धनप्रसाद आचार्य (ध्रुव), सचिवमा निर्मल कुमार उपे्रती, उपसचिवमा पम्फा परियार र कोषाध्यक्षमा दिनेश खतिवडा चयन भएका छन् । यसैगरी सदस्यहरुमा सविना पन्त, गणेश दाहाल, रोज गार्डेन प्रधान, गंगाबहादुर गौतम (पवन), मो.रहमान र सर्मिला शर्मा चयन भएका छन् । यस्तै अन्य सदस्यहरुमा सरिता सापकोटा र सामदेवी आचार्य पनि चयन भएका हुन् ।

सदस्यमै एकजना भने पछि नियुक्त गरिने अध्यक्ष भट्टराईले जानकारी दिए । ‘नयाँ विमर्श’ का शुभचिन्तकका रुपमा रहनु भएका अध्यक्ष राम कुमार भट्टराई र सदस्य सरिता सापकोटालाई सफल कार्यकालको शुभकामना ‘नयाँ विमर्श’ परिवारले दिएको छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *