सिग्देल प्रधान सेनापति

Nayabimarsha (Weekly Newspaper from Nepal)

काठमाडौँ/ प्रधान सेनापति बनेका अशोकराज सिग्देलले पदबहाली गरेका छन् । सैनिक मुख्यालय जङ्गी अड्डामा सोमबार उनले पदबहाली गरेका हुन् । सैनिक परम्पराअनुसार नवनियुक्त प्रधान सेनापति महारथी सिग्देललाई नेपाली सेनाकोे एक टुकडीले सम्मान गारत अर्पण गरेको थियो । यस्तो गारत अर्पणको कार्य पनि जङ्गी अड्डा परिसरमै गरिएको थियो ।
पदबहालीपश्चात प्रधान सेनापति सिग्देलले सैनिक मञ्च टुँडिखेल र छाउनीस्थित वीर स्मारकमा श्रद्धान्जलि अर्पण गरेका थिए । प्रधान सेनापति सिग्देलको जन्म वि.सं. २०२३ माघ १९ गते रुपन्देहीमा भएको थियो । उनी २०४३ सालमा अधिकृत क्याडेटको रूपमा सैनिक सेवामा प्रवेश गरेका बताइएको छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *