जी.बी.राईविरुद्ध मुद्दा दायर

Nayabimarsha (Weekly Newspaper from Nepal)

चितवन/ साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्थामा भएको बचत रकम अपचलनलाई लिएर चितवन जिल्ला अदालतमा मुद्दा दायर गरिएको छ । उक्त मुद्दामा १७ जनालाई प्रतिवादी बनाई सहकारी ठगी कसुरमा मुद्दा दायर गरिएको अदालतबाट जानकारी प्राप्त भएको छ ।
मुद्दाका प्रतिवादीहरुमा सहकारीका संस्थापक अध्यक्ष जी.बी.(गितेन्द्र बाबु) राई, सागर के.सी., हेमन्त राई, भुपेन्द्र राई, आशिष आनन्द, अनन्तबाबु राई, छत्रमणि भट्टराई, र देवेन्द्रबाबु राईलाई प्रतिवादी बनाइएको हो । यसैगरी दिनेश रोका, तीर्थराज लामिछाने, मनोज गुरुङ, दीपा न्यौपाने, शिवप्रसाद आचार्य, कुमार रम्तेल, वीरबहादुर रानाभाट, शरण विश्वकर्मा र थानबहादुर बुढामगरलाई पनि प्रतिवादी बनाई मुद्दा दायर भएको अदालत प्रशासनबाट जानकारी प्राप्त भएको छ ।
उक्त सहकारीमा चार सय ४६ बचतकर्ताको ३७ करोड ६५ लाख ८४ हजार पाँच सय ४६ रुपियाँ अपचलन भएको निष्कर्ष निकाल्दै मुद्दा दायर गरिएको हो । प्रतिवादीबाट बिगो असुल उपर गर्नुका साथै मुलुकी फौजदारी अपराध संहिताको दफा २४९ को ठगी गर्न नहुने कसुरको मुद्दा लगाइएको हो । उक्त मुद्दामा सात वर्षसम्म कैद र ७० हजार रुपियाँसम्म जरिवानाको समेत मागदाबी गरिएको पनि अदालत स्रोतबाट जानकारी प्राप्त भएको छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *