काँग्रेस उपसभापति गुरुङको इमानमा दाग

Nayabimarsha (Weekly Newspaper from Nepal)

काठमाडौं/ नेपाली काँग्रेसका उपसभापति एवं पूर्वमन्त्री धनराज गुरुङको राजनीतिक निष्ठा र इमानप्रति दाग लागेको छ । ललितपुरको मितेरी वचत तथा ऋण सहकारीको १४ करोड ८१ लाख वचत रकम हिनामिना गरेको उजुरीको आधारमा सांसद गुरुङ सहकारी प्रकरणमा तानिएका छन् ।
२०७६ सालमा सम्बन्ध विच्छेद गरेकी श्रीमती ज्योति गुरुङसँगको विवादले काँग्रेस उपसभापति समेत रहेका गुरुङ नैतिक संकमा परेका छन् । सहकारी प्रकरणमा गुरुङ दोषी देखिए कारबाही हुने महामन्त्री विश्वप्रकाश शर्माले बताएका छन् । हाल सांसद गुरुङमाथिको उजुरीलाई सीआइबीले छानविन गरिरहेको समाचार श्रोतले बताएको छ ।
२०७९ सालको निर्वाचनमा स्याङ्जाबाट नेकपा (एमाले) नेतृ पद्मा अर्याललाई पराजित गरी गुरुङ विजयी भएका थिए । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको सरकारमा कानून, न्याय तथा संसदीय मन्त्री बनेका गुरुङको ठगी प्रकरणमा दोषी ठहरिए कारागार जाने पक्का छ । काँग्रेसी नेताहरु चिरञ्जीवी वाग्ले, गोविन्दराज जोशी, खुमबहादुर खड्का, जयप्रकाश आनन्द, बालकृष्ण खड्काको सहयात्री बनेर काँग्रेसको इतिहासमा भ्रष्टाचारी नेता बन्ने छन् ।
यसअघि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई सहकारी प्रकरणको आरोप लाग्दा काँग्रेस सांसद गुरुङ तीन हात माथि उफ्रेर एमाले अध्यक्ष एवं प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओलीसँग नोकझोक गरेका थिए । अहिले तिनै गुरुङ,माथि कानूनी कारबाही गर्न सहकारी छानविन समितिले निर्देशन दिएपछि गुरुङलाई मत हाल्ने स्याङ्जा २ का मतदाताहरु खिस्रिक्क परेका छन् । पितृको मतले जितेको आरोप लागेका गुरुङले स्याङ्गजाको नाक काटेर काँग्रेसलाई दुर्गन्धित बनाएको स्याङ्गजामा चर्चा चलेको छ ।
२०४८ सालपछि सहकारी ठगी प्रकरणको आरोप लाग्ने गुरुङ पहिलो व्यक्ति भएको स्याङ्जा काँग्रेसका जानकारहरुले बताएका छन् । गुरुङको मुद्दा दर्ता नभएकाले निर्दाेष बन्न सक्ने बताइएको छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *