काठमाडौं/ उपप्रधान एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेल यतिबेला थप तनावमा परेका छन् । राजश्व संकलनमा कमी आएपछि भन्सार र करका लोभीपापी कर्मचारीहरुलाई थप मेहनत गर्न निर्देशन उनले दिएका छन् ।
भन्सार विभाग र आन्तरिक राजश्व विभाग एवं् भन्सार प्रमुखहरुलाई परिवर्तन गरेपछि राजश्वको बाढी आउँछ भन्ने मान्यताले अर्थमन्त्री पौडेलले केही समय अगाडि ठूलो संख्यामा कर भन्सारका कर्मचारीहरुको सरुवा गरेका थिए । प्रथम त्रैमासिक मै २० प्रतिशत पनि राजश्व संकलन नभएपछि अर्थमन्त्रीसहित अर्थसचिव, राजश्व सचिव, भन्सार विभागका महानिर्देशक, आन्तरिक राजश्व विभागका महानिर्देशक र राजश्व महाशाखा प्रमुखको दाँतमा ढुंगो लागेको समाचार श्रोतले बताएको छ ।
नेकपा (एमाले) बाट पटक पटक अर्थमन्त्री बन्ने अवसर पाएका पौडेल अर्थविज्ञ भने हैनन् । एमालेमा अर्थतन्त्रको जानकार भए पनि सांसद सुरेन्द्र पाण्डेले अर्थमन्त्री बन्ने मौका नपाउँदा पौडेलले बाजी मार्दै आएका छन् । प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओली निकट पौडेल पटक पटकको अनुभवले अर्थजस्तो देशको ढिकुटीको साँचो मानिने मन्त्रालय सम्हाल्दै आएका छन् । उनी सफल भने हुन सकेका छैनन् ।
अबको लगभग साढे ६ महिनापछि आर्थिक वर्ष २०८१÷०८२ को बजेट भाषण हुन्छ । चालु आ.व.मा देशको कूल बजेट १४ खर्ब विनियोजन गरिएको छ । वैदेशिक व्यापार घाटा भैरहेको अवस्थामा निर्यात भन्दा आयात बढी रहेको छ । व्यापारीहरुमा ढुक्क भएर व्यापार–व्यवसाय गर्ने अवस्था नहुँदा राजश्व संकलनमा कमी आएको जानकारहरुले बताएका छन् ।
राजश्व चुहावट नियन्त्रणका लागि अन्तर निकायहरु बीच समन्वय नहुँदा चौरी पैठारी भैरहेको र भन्सार छल्ने प्रवृत्ति बढेको बताइएको छ । लोभीपापी कर्मचारीहरुको मौकामा चौका हान्ने प्रवृत्तिले पनि र ठाउँ पाएको बेला कमाइ हालँु भन्ने सोचाईले राजश्व संकलनमा कमी आएको जानकारहरुले बताएका छन् ।
अर्थमन्त्री पौडेलले बैदेशिक लगानीका लागि विश्वास दिलाउन र व्यापारीहरुलाई साथ लिएर बढे स्थितिमा सुधार आउन सक्ने चर्चा चलेको छ ।