गृहमन्त्री लेखकमा कमाण्ड र कन्ट्रोलको अभाव

Nayabimarsha (Weekly Newspaper from Nepal)

काठमाडौं/ गृहमन्त्री रमेश लेखक नेपाली काँग्रेसका अनुभवी, परिपक्व र क्षमतावान् नेता हुन् । कानूनका जानकार समेत रहेका मन्त्री लेखक भलाद्मी पनि छन् । उनमा कमाण्ड र कन्ट्रोलको अभावले गर्दा काँग्रेसभित्रै आलोचित बन्न थालेका छन् ।
विपत व्यवस्थापनमा गृहमन्त्री लेखकको प्रभावकारी भूमिका नदेखिएको जानकारहरुले बताएका छन् । नियमितजसो सिडीओ र प्रहरी प्रमुख (एसपी) हरुको सरुवा गरेर आफ्नो कमजोरी लुकाउन खोजेको आरोप गृहमन्त्री लेखकमाथि लागेको छ । गृहमन्त्रालयमा परिणाम देखाउन नसक्ने वामपन्थी सहसचिवहरु राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका महानिर्देशक युवराज कट्टेल र राष्ट्रिय विपत जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी निर्देशक (सिडिओ) अनिल पोख्रेललाई माया गर्दा प्रजातन्त्रमा आस्था राख्ने सहसचिवहरुले आफ्नो क्षमता देखाउन नपाएको चर्चा चलेको छ ।
सिईओ पोख्रेल निकट भविष्यमै ४–५ महिनापछि अवकाश हुँदैछन् भने महानिर्देशक कट्टेल क्षमता नभएका गृहका सहसचिव भित्र पर्ने समाचार श्रोतले बताएको छ । यता, गृहको कुनै अनुभवै नभएका र भूमि व्यवस्थापन गरिव निवारण तथा सहकारी मन्त्रालयको सचिव हुँदा खरिदार, सुब्बाको सरुवामा आँखा लगाई १–२ हजारमा पनि ¥याल चुहाउने गोकर्णमणि दुवाडी गृहसचिव बनेपछि सुशासनमा भ्वाङ् परेको समाचार श्रोतले बताएको छ ।
सचिव दुवाडीलाई बुढानीलकण्ठको आशिर्वादले गृहमन्त्रालयमा छिराएपछि गृहमन्त्री लेखक नतमस्तक बनी सहकार्य गर्न बाध्य भएका छन् । गृहमन्त्रालयको आकर्षक मानिने कार्यालयहरुमा सचिव दुवाडीले चलखेल गर्ने भएकाले गृहमन्त्री लेखकलाई त्यस्को बाछिटाले असफल बनाउने चर्चा चलेको छ । जिल्लाको सिडिओ र एसपी एवं एसएसपीहरुबाट सचिव दुवाडीले काँचुली फर्ने समाचार श्रोतले बताएको छ ।
प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रशासन भित्रको राजनीतिक हस्तक्षेपले गृहमन्त्रालय कमजोर बनिरहेको अवस्थामा गृहमन्त्री लेखकले विभिन्न काण्डमा मुछिएका व्यक्तिहरुलाई अनुसन्धान गरी कानूनको कठघरामा उभ्याई कडा सजाए दिनुको सट्टा मुद्दा नचलाउने र उन्मुक्ति दिने गर्दा गृहमन्त्रीको कमाण्ड थला परेको र काँग्रेसभित्रै असन्तुष्टि बढेको समाचार श्रोतले बताएको छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *