काठमाडौं/ आयोजक यूएईलाई हराउँदै नेपाल पहिलो पटक यू–१९ महिला टी–२० विश्वकपमा छनोट भएको छ । महिला क्रिकेटमा नेपालको कुनै टोली विश्वकपमा यसअघि पुग्न सकेको थिएन ।
नेपालको पुरुष टोलीले दुई पटक टी–२० विश्वकप र यू–१९ टिमले आठ पटक विश्वकप खेलिसके पनि यू–१९ महिला टोली यसअघि छनौटमा परेको थिएन । सिनियर महिला टोली प्रारम्भिक छनोटमै सीमित हुँदै आएको अवस्थामा यस पटक नेपाली टोली विश्वकपमा छनोट हुन सफल भएको हो ।
कुवेत, नेपाल, थाइल्याण्ड र यूएई गरी चार टोली सहभागी एशिया छनोटबाट एक टोली मात्र विश्वकपमा पुग्न सक्ने अवस्थामा त्यो अवसर नेपालले पाएको हो । डबल राउण्ड रोविनमा भएको छनोटमा अरु टोलीलाई हराएको नेपाल यूएईसँग १३ रनले पराजित भएको थियो । विश्वकपमा स्थान बनाउन नेपालले दोस्रो खेलमा घरेलु टोली यूईएलाई हराएर मात्र पुग्दैनथ्यो, नेट रन रेटमा जित्नुपर्ने बाध्यता थियो ।
यस्तो अवस्थामा बुधबार यूएईविरुद्धको दोस्रो खेलमा नेपालले पहिले ब्याटिङ गरेमा १४० रन बनाउँदा २१ वा सोभन्दा बढी रनअन्तरले जित्नुपर्ने थियो भने लक्ष्य पछ्याउँदा १६.१ ओभरमा पूरा गर्नुपर्ने समीकरण विद्यमान थियो । यस्तो अवस्थामा यूएईले टस जितेर पहिले ब्याटिङ रोजेपछि नेपालले जतिसक्दो कम स्कोरमा रोक्नुपर्ने थियो । बलरहरुको राम्रो प्रदर्शनमा यूएईलाई ८३ रनमै रोक्न सफल हुँदा नेपालले ९ विकेट पनि लिन सफल भयो ।
कृष्मा गुरुङको ४, रिया शर्मा र सीमा के.सी.को २–२ विकेटको मद्दतमा नेपालले यूएईलाई २० ओभरमा ८३–९ रनमै रोक्न सफल भयो । कृष्मा गुरुङले १८ औं ओभरमा इन्धुजासहित तीन खेलाडीलाई ‘आउट’ गरेपछि नेपालले स्कोर गति रोकेको थियो । ८४ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले आक्रमक शुरुवात गर्दै पहिलो ओभरमै १० रन जोड्यो । त्यसलाई कायम राख्दै नेपालले १६ ओभरमै जित हात पा¥यो ।
नेपाली क्रिकेट टोली विश्वकपमा
Facebook Comments Box