कांग्रेस कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश

Nayabimarsha (Weekly Newspaper from Nepal)

तनहुँ/ तनहुँमा ५० जनाभन्दा बढी नेपाली कांग्रेसका कार्यकर्ता नेकपा (माओवादी केन्द्र) मा प्रवेश गरेका छन् ।
यसरी प्रवेश गर्नेहरुमा ऋषिङ गाउँपालिका–१ झापुटार र आँबुखैरेनी गाउँपालिकाका कांग्रेस कार्यकर्ता रहेका बताइएको छ । माओवादी केन्द्रको पालिका अधिवेशन र खबरदारी सभाका दौरान उनीहरू पार्टी प्रवेश गरेका हुन् ।
नवप्रवेशीहरुलाई माओवादी केन्द्रका उपमहासचिव एवं पूर्वअर्थमन्त्री वर्षमान पुनले स्वागत गरेका थिए । झापुटारमा श्यामला थापासहित २७ जना र आँबुखैरेनीमा पदम नेपालीसहित २५ जना पार्टीमा प्रवेश गरेको माओवादी केन्द्रले जनाएको छ ।
कार्यक्रममा पुनले वर्तमान कांग्रेस–एमाले गठबन्धनको सरकार भ्रष्टाचार, राज्य दोहन र बेचबिखनमा संलग्न आफ्ना मान्छेहरूको संरक्षण र स्वार्थ समूहको चाहनामा चलिरहेको आरोप लगाए । उनले सोही कारण जनता ती दलहरूको विकल्पको खोजीमा रहेको दाबी गरे ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *