पत्रकार भट्टराई र बोहोरालाई ‘नयाँ विमर्श’ को बधाइ

Nayabimarsha (Weekly Newspaper from Nepal)

काठमाडौं/ ‘नयाँ विमर्श’ का कार्यकारी सम्पादक पीएमणि भट्टराई नेपाल पत्रकार महासंघको हालैसम्पन्न महाधिवेशनबाट कोशी प्रदेशको प्रदेश परिषद् सदस्यमा निर्वाचित भएका छन् ।
गत मंसिर २८ गते सम्पन्न महाधिवेशनमा भट्टराई निर्वाचित भएका हुन् । कार्यकारी सम्पादक भट्टराई त्यसरी निर्वाचित भएकोमा ‘नयाँ विमर्श’ एक विज्ञप्तिमार्फत उनलाई बधाइ ज्ञापन गरी सबै मतदातालाई धन्यवाद दिएको छ ।
यसैगरी ‘नयाँ विमर्श’ का शुभचिन्तक एवम् अर्थ सवाल साप्ताहिकका सम्पादक÷ प्रकाशक रमेश कुमार बोहोरा महासंघको काठमाडौं शाखाको सचिवमा निर्वाचित भएका छन् । यसअघि काठमाडौं शाखामा कार्यसमिति सदस्यका रुपमा सक्रिय बोहोरा आफ्ना प्रतिस्पर्धीभन्दा ४० मत बढी ल्याएर विजयी भएका हुन् ।
लोकतन्त्र स्थापनाका साथै जनतालाई सुसूचित गर्न अहं भूमिका निर्वाह गरी इतिहास कायम गरेका साना तथा स्वरोजगारमूलक साप्ताहिक पत्रिकाहरुको हित र संरक्षणमा निरन्तर लागि परेका बोहोराको विजयले पत्रकारहरु उत्साहित देखिएका छन् । काठमाडौं शाखा जस्तो महत्वपूर्ण शाखाको सचिव जस्तो जिम्मेवारीपूर्ण पदमा निर्वाचित बोहोराले पत्रकारहरुको साझा समस्या समाधानका लागि आफूले पहल गर्ने बताएका छन् ।
बोहोरालाई पनि ‘नयाँ विमर्श’ परिवारले बधाइ ज्ञापन गरेको छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *