काठमाडौँ/ सर्वोच्च अदालत बार एशोसिएसन चुनावी होडमा लागेको छ । यही पुस २० गते हुने निर्वाचनका लागि अध्यक्षसहित विभिन्न पदमा ३५ जनाको उम्मेदवारी परेको छ ।
निर्वाचन समितिले प्रकाशित गरेको सूची अनुसार अध्यक्ष पदमा तीनजनाको उम्मेदवारी परेको छ । अध्यक्ष पदमा वरिष्ठ अधिवक्ताद्वय मेघराज पोखरेल र महेशकुमार थापा तथा अधिवक्ता प्रेमसिंह धामीले उम्मेदवारी दिएका बताइएको छ । धामी कुनै पनि गठबन्धन नगरी एक्लै अध्यक्षमा उम्मेदवारी दिएका हुन् ।
पोखरेल नेपाली कांग्रेस र नेकपा एकीकृत समाजवादीनिकट कानून व्यवसायी संगठन (डिएलए र एसपिएल) का साझा उम्मेदवारका रुपमा रहेका छन् । यसैगरी थापाका पक्षमा नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), राप्रपा, रास्वपालगायत विभिन्न दलनिकटका कानून व्यवसायीको साझा उम्मेदवार रहेका बताइएको छ ।
पोखरेलको समूहमा समाजवादी निकट कानून व्यवसायीहरुमा उपाध्यक्षसहित केही पदमा उम्मेदवारी दिएका छन् । यसैगरी एमालेका थापाको समूहबाट अन्य पदमा अरु दलहरु निकटलाई उम्मेदवारी दिन लगाएको पनि समाचारमा जनाइएको छ ।
उपाध्यक्षमा अम्बरबहादुर राउत, भीष्मराज कडरिया र उत्तमबहादुर श्रेष्ठले मनोनयन दर्ता गराएका छन् । यस्तै, सचिवमा रमणकुमार श्रेष्ठ, पुष्पराज पौडेल र प्रभाकर श्रेष्ठले उम्मेदवारी दिएका छन् । सहसचिवमा दुई महिला पुन्देवी महर्जन र श्रुतिकुमारी रेग्मी उम्मेदवार छन् ।
कोषाध्यक्षका लागि रामचन्द्र पौडेल, अनन्तराज लुइँटेल र रामहरि त्रिपाठी उम्मेदवार बनेका छन् । यस्तै, महिला सदस्यका लागि शशी बस्नेत र सुधा धितालका बीचमा प्रतिस्पर्धा हुने देखिएको छ । नौ सदस्य पदका लागि १९ जना कानून व्यवसायीहरू चुनावी मैदानमा उत्रेका छन् । उक्त बार एशोसिएसनमा ६२६ जना मतदाता छन् ।
सर्वोच्च बारमा चुनावी माहौल
Facebook Comments Box