ललितपुर प्रेस सेन्टरमा अर्याल

Nayabimarsha (Weekly Newspaper from Nepal)

ललितपुर/ प्रेस सेन्टर नेपाल ललितपुरको अध्यक्षमा दीपक अर्याल सर्वसम्मत चयन भएका छन् । ललितपुरमा सम्पन्न पाँचौ अधिवेशनबाट अध्यक्षसहित पदाधिकारी र सदस्यहरू सर्वसम्मत चयन गरिएको हो ।
यसैगरी उपाध्यक्षहरूमा कृष्ण पौडेल र उषाकुमारी काफ्लेलाई चयन गरिएको छ । सचिवमा सागर देवकोटा, सह–सचिवमा विसु गुरुङ, रोसन लामा तामाङ र कोषाध्यक्षमा मनबहादुर विकलाई चयन गरिएको जनाइएको छ । यस्तै सदस्यहरूमा पासाङ घिसिङ, गोपाल सिलवाल, पृथ्वुराज जोशी, अनिलकुमार श्रेष्ठ, विपिन घिसिरे, कमल योञ्जन तामाङलगायतलाई चयन गरिएको जनाइएको छ ।
सो अधिवेशनमा जनार्दन पोखरेल र प्रेस सेन्टर नेपाल उपत्यका प्रदेश अध्यक्ष नवराज दाहाललाई पुरस्कृत गरिएको थियो । पोखरेल ‘मिलन नेपाली साहसिक पत्रकारिता पुरस्कार–२०८०’ बाट पुरस्कृत भए । यसैगरी दाहाललाई पनि नगद पुरस्कारसहित ‘कृष्ण सेन इच्छुक प्रेस स्वतन्त्रता सेनानी सम्मान तथा पत्रकारिता पुरस्कार–२०८०’ प्रदान गरिएको थियो ।
प्रेस सेन्टरका केन्द्रीय अध्यक्ष विष्णु सापकोटा (जुगल) ले पोखरेल र दाहाललाई पुरस्कार रकमसहित सम्मान–पत्र प्रदान गरेका थिए ।
प्रेस सेन्टर नेपालप्रति श्रमजीवी पत्रकारको आकर्षण बढ्नुमा यसको क्रान्तिकारी चरित्र नै प्रमुख रहेको दाबी सापकोटाले गरेका थिए । उनले भने, ‘‘त्यसैको प्रतिफल युनियन चौतारी गठबन्धनविरुद्ध नेपाल पत्रकार महासंघमा ऐतिहासिक जीत हासिल भएको हो ।’’
सोही अवसरमा पत्रकारहरु सुरेन्द्र चालिसे, वासुदेव श्रेष्ठ, डिलबहादुर थोकर, रामप्रसाद ढकाल, प्रल्हाद शर्मा हुमागाईँ, राममणि घिमिरे र गोकर्ण बराललाई ललितपुर पत्रकारिता सम्मान प्रदान गरिएको थियो ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *