समाजवादीमा नयाँ जिम्मेदारी

Nayabimarsha (Weekly Newspaper from Nepal)

काठमाडौं/ प्रतिपक्षी दलको रुपमा रहेको नेकपा एकीकृत (एकीकतृ समाजवादी) ले केन्द्रीय विभागका प्रमुख तथा उपप्रमुखहरू तोकेको छ ।
३३ वटा केन्द्रीय विभागका प्रमुख र उपप्रमुख अन्तर पार्टी निर्देशन अनुसार तोकिएका हुन् । पार्टी स्कूल विभाग प्रमुखको जिम्मेवारी सम्मानित नेता झलनाथ खनाललाई दिइएको छ । यसैगरी उपप्रमुखको जिम्मेवारी नेताद्वय डा. बेदुराम भुसाल र डा. विजय पौडेललाई तोकिएको छ ।
यस्तै सङ्गठन विभागको प्रमुखको जिम्मेवारी पनि डा. बेदुराम भुसालले नै पाएका छन् । यो विभागको उपप्रमुखमा भने रामचन्द्र यादवलाई दिइएको छ । विदेश विभागको प्रमुखमा प्रमेश हमाल, राजकीय मामिला विभाग प्रमुखमा घनेन्द्र बस्नेत, उपप्रमुखमा प्रमोद शर्मा, प्रचार विभाग प्रमुखमा उपाध्यक्ष प्रकाश ज्वाला, उपप्रमुखमा दामोदर अर्याल र चमिना भट्टराईलाई दिइएको छ ।
यसैगरी सङघीय तथा प्रादेशिक मामिला प्रमुखमा उपाध्यक्ष जगन्नाथ खतिवडा, अनुगमन तथा मूल्याङकन विभाग प्रमुखमा महासचिव घनश्याम भुसाल, उपप्रमुखमा अशेष घिमिरे, संसदीय विभाग प्रमुखमा गरिमा शाह, शिक्षा विभाग प्रमुखमा सचिव सावित्रा भुसाल, उपप्रमुखमा उदयबहादुर बोहरा, आर्थिक विभाग प्रमुखमा सचिव सोम पाण्डे, सहकारी विभाग प्रमुखमा केशवलाल श्रेष्ठ र उपप्रमुखमा निर्मल सुवेदी र नवराज सुवेदीलाई जिम्मेवारी दिइएको छ । यसैगरी अर्थ योजना विभागको प्रमखमा डा. विजय पौडेल, उपप्रमुखमा डा.चन्द्रमणि अधिकारी, पर्यटन विभागको प्रमुखमा जीवनराम श्रेष्ठ र उपप्रमुखमा हंशबहादुर शाहीलाई तोकिएको छ । यस्तै, कृषि तथा भूमिसुधार विभागको प्रमुखमा हरि पराजुली र उपप्रमुखमा चुनु के.सी., भौतिक पूर्वाधार तथा यातायात विभागको प्रमुखमा रामचन्द्र झा र उपप्रमुखमा गम्भीरलाल श्रेष्ठलाई तोकिएको छ ।
स्थानीय तह विभागको प्रमुखमा कल्याणी खड्का र उपप्रमुखमा मीना लामा, स्वास्थ्य विभागको प्रमुखमा डा.वंशीधर मिश्र र उपप्रमुखमा राधा सिलवाल, राष्ट्रिय हित सुरक्षा विभागको प्रमुखमा साध्यबहादुर भण्डारी तथा जलस्रोत विभागको प्रमुखमा डा.कृष्ण पन्तलाई जिम्मेदारी दिइएको छ । यस्तै, निर्वाचन विभागको प्रमुखमा दिलु पन्त र उपप्रमुखमा अम्बिका थापा, कानून विभागको प्रमुखमा डा.देउमान सम्बाहाम्फे र उपप्रमुखमा कुलप्रसाद फुयाँल, समाज कल्याण विभागको प्रमुखमा निरादेवी जैरु र उपप्रमुखमा मञ्जु यादवलाई तोकिएको छ । उता, विपद् व्यवस्थापन विभागको प्रमुखमा राजेन्द्रमान श्रेष्ठ र उपप्रमुखमा भास्कर काफ्ले, उपभोक्ता हित विभागको प्रमुखमा प्रा.डा.इन्दु आचार्य र उपप्रमुखमा रुकमति जागरी, श्रम तथा रोजगार विभागको प्रमुखमा सुदेश पराजुलीलाई जिम्मेदारी दिइएको छ ।
यसैगरी विज्ञान प्रविधि विभागको प्रमुखमा शंकर पोखरेल, खानेपानी तथा सरसफाइ विभागको प्रमुखमा चीरञ्जीवी आचार्य, खेलकुद विभागको प्रमुखमा देवसिंह महता र उपप्रमुखमा रिता अवाललाई तोकिएको छ । यस्तै, शहरी विकास विभागकोः प्रमुखमा कृष्णप्रसाद खनाल, वन वातावरण विभागको प्रमुखमा विजय गुरुङ र उपप्रमुखमा अम्बिका थापालाई तोकिएको छ ।
उद्योग वाणिज्य विभागको प्रमुखमा परमानन्द भट्ट र उपप्रमुखमा गोमा तिमिल्सिना, उद्यमशीलता विकास विभागको प्रमुखमा होम बुढाथोकी, साहित्य–संस्कृति विभागको प्रमुखमा रमेशरञ्जन झालाई जिम्मेदारी दिइएको पार्टीले जनाएको छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *