कोलोम्बो/ श्रीलंकाका लागि नेपालका राजदूत पूर्णबहादुर नेपालीले सोमबार श्रीलंकाका राष्ट्रपति अनुराकुमारा दिसानायकेसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेका छन् ।
राष्ट्रपति कार्यालयमा आयोजित समारोहमा राजदूत नेपालीले आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेका हुन् । श्रीलंकाको राजधानी कोलोम्बोस्थित नेपाली राजदूतावासले उक्त सूचना जारी गर्दै राजदूत नेपालीले राष्ट्रपति रामचन्द्र पौडेलका तर्फबाट श्रीलंकाली राष्ट्रपतिको व्यक्तिगत सुख, सुस्वास्थ्यका साथै श्रीलंकाका जनताको निरन्तर शान्ति एवं प्रगतिको कामना गरेका जनाइएको छ ।
त्यस अवसरमा श्रीलंकाका विदेशमन्त्री, राष्ट्रपति कार्यालयका सचिव, राजदूतकी धर्मपत्नी, राष्ट्रपतिको कार्यालय र विदेश मन्त्रालयका वरिष्ठ अधिकारीहरूको उपस्थिति रहेको दूतावासले जनाएको छ ।
Facebook Comments Box