काठमाडौं/ पत्रकार सुरेश रजकको स्मृतिमा काठमाडौंको माइतीघरमा श्रद्धाञ्जली सभा आयोजना गरिएको छ ।
नेपाल पत्रकार महासंघ केन्द्रीय समितिको आव्हानमा बुधबार माइतीघर मण्डलामा उनीप्रति श्रद्धाञ्जली अर्पण गर्दै उक्त सभा आयोजना गरिएको हो । सभामा पत्रकारहरूले दीप प्रज्वलन गरेर श्रद्धाञ्जली अर्पण गरेका थिए । उनीहरूले श्रद्धाञ्जली सभामा सुरेशको नाम लेखेर मैनबत्ती बालेका थिए । गत चैत १५ गते राजावादी समूहले गरेको प्रदर्शनीका क्रममा समाचार संकलनमा रहेको अवस्थामा रजकको जलेर मृत्यु भएको थियो ।
श्रद्धाञ्जली सभालाई सम्बोधन गर्दै महासंघका उपाध्यक्ष उमिद बागचनले पत्रकार सुरेश रजतको हत्या सम्बन्धमा स्वतन्त्र छानविन समिति नबनेसम्म महासंघले आन्दोलनको कार्यक्रम जारी राख्ने बताए ।
Facebook Comments Box