काठमाडौं । चर्चित साहित्यकार प्रदीप नेपालको निधन भएको छ । मंगलबार निधन भएका नेपालको पार्थीव शरिरलाई सोही दिन पशुपतिनाथ क्षेत्रमा रहेको विद्युतीय शवदाहन गृहमा अन्त्येष्ठी गरियो ।
काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पतालमा उपचारको क्रममा उहाँको निधन भएको थियो । नर्भिक अस्पतालका सीईओ अजय मिश्रका अनुसार लामो समयदेखि पार्किन्सन्स रोगबाट पीडित नेपाललाई पछिल्लो समय निमोनियाको समस्या पनि देखिएको थियो । उहाँ अस्पतालको आईसीयूमा उपचाररत हुनुहुन्थ्यो ।
साहित्यिक क्षेत्रमा संजय थापाका नामबाट पनि परिचित नेपाल राजनीतिज्ञ पनि हुनुहुन्थ्यो । उहाँ वामपन्थी राजनीतिमा सक्रिय रही विभिन्न पदमा पुगे पनि पछिल्लो एक दशकदेखि भने राजनीतिक गतिविधिबाट टाढै हुुनुहुन्थ्यो ।
२०५१ सालमा नेकपा (एमाले) को अल्पमतको सरकारमा उहाँ सूचना तथा सञ्चारमन्त्रीको रुपमा रहनु भएको थियो । एमालेको नवौँ महाधिवेशनसम्म राजनीतिक रुपमा सक्रिय नेता नेपाल पछिल्ला वर्षहरूमा भने राजनीतिक दृश्यबाट लगभग ओझेलमा हुनुहुन्थ्यो ।
राजनीतिसँगै साहित्यमा पनि उल्लेखनीय योगदान दिनुभएको नेपालको निधनले नेपाली राजनीति र साहित्य जगतमा शोक छाएको छ ।
साहित्यकार नेपालको निधन
Facebook Comments Box
