काठमाडौँ/ नेपाल निजामती कर्मचारी युनियनको महाधिवेशन आगामी माघ पहिलो साता हुने भएको छ । नेपाली कांग्रेसको निकट मानिने युनियनले मंगलबार विज्ञप्ति प्रकाशन गरी यसबारेमा जानकारी गराएको हो ।
संघका महासचिव जनकबहादुर रावलले मंगलबार संशोधित महाधिवेशनको कार्यतालिका सार्वजनिक गरेका हुन् । उक्त तालिका अनुसार महाधिवेशन आगामी माघ ५, ६ र ७ गते काठमाडौँमा हुने जनाइएको छ ।
महाधिवेशन पूर्व विभागीय समन्वय प्रदेश अधिवेशन आगामी मंसिर महिनाको मसान्तसम्ममा गरिसक्नु पर्ने जनाइएको छ । यसैगरी जिल्ला, प्रदेश, विभागीय अधिवेशन यही जेठ १० गतेदेखि कार्तिक मसान्तसम्ममा गरिसक्नुपर्ने जनाइएको छ । यसैगरी सदस्यता वितरण तथा नवीकरण कार्यसमिति÷गठन स्थानीय कार्यसमितिको अधिवेशन पनि यही जेठ १० गतेदेखि असोज समान्तसम्ममा गरिसक्नुपर्ने पनि जनाइएको छ ।
Facebook Comments Box
