काठमाडौं/ नेपाल राष्ट्र बैंकको १८औं गभर्नरमा अर्थविद प्रा.डा.विश्वनाथ पौडेलले बुधबार पदबहाली गरेका छन् । गत जेठ ६ गते बसेको मन्त्रिपरिषद् बैठकले पौडेललाई गभर्नरमा नियुक्त गरेको हो ।
करिब डेढ महिनाको रस्साकस्सीपछि पौडेल गभर्नरमा नियुक्त भएका हुन् । पौडेललाई शिथिल रहेको अर्थतन्त्रका चलायमान बनाउने र राष्ट्र बेंकलाई दलीय छायाबाट मुक्त गराई अर्थतन्त्रलाई सुधार गर्ने चुनौती रहेको बताइन्छ । करिव डेढ महिनादेखि अन्यौलपूर्ण रहेको गभर्नर प्रकरण डा.पौडेलको नियुक्तिले समाप्त भएको छ ।
नवनियुक्त गभर्नर २०७९ सालमा राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष र काठमाडौं विश्व विद्यालय स्कूलअफ म्यानेजमेन्टका प्राधाध्पाक हुन् । उनले यूनिभर्सिटी अफ क्यालिफोनिर्याबाट अर्थशास्त्रमा विद्यावारिधी गरेका छन् । गभर्नर पौडेललाई बैकिङ क्षेत्रमा उच्च तरलता निष्कृण कर्जाको समस्या समाधान गर्ने चुनौती रहेको मात्र नभई मुलुकलाई ‘ग्रे लिष्ट’ बाट बाहिर ल्याउनुपर्ने चुनौती रहेको छ ।
यसअघिका गभर्नर महाप्रसाद अधिकारीको पाँच वर्षे कार्यकाल गत २०८१ चैत २४ गतेबाट सकिएपछि उक्त पद रिक्त रहँदै आएको थियो । पौडेल २०७९ सालमा भएको प्रतिनिधिसभाको निर्वाचनमा चितवन क्षेत्र नं. ३ मा नेपाली काँग्रेसका तर्फबाट उम्मेदवार बनेका थिए । त्यतिबेला विभिन्न तत्व लागेर पौडेललाई राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार हरि ढकालसँग पराजित गराइएको जानकारहरुले बताएका छन् ।
श्रोतका अनुसार काँग्रेस प्रवक्ता डा. प्रकाशशरण महत र रास्वपाका नेता एवं सांसद डा. स्वर्णिम वाग्लेले चुनाव हराउन सक्रिय भूमिका खेलेको आरोप लागेको थियो । अर्थशास्त्र र इतिहास एवं वित्त नीतिमा दख्खल भएका उनी राष्ट्र बैंकको गभर्नर बन्नासाथ शेयरबजारमा लगानीकर्ताहरुमा खुशीयाली छाएको छ । पछिल्लो समय बैंकमा पैसा थुप्रिने तर लगानीकर्ताहरुले ऋण नलिने अवस्थालाई गभर्नर पौडेलले सुधार गर्दै अर्थतन्त्र एवं घरजग्गा कारोबार तथा उपभोक्तामैत्री बैकिङ सेवा उपलब्ध गराउनु उनको प्रमुख चुनौती रहेको छ ।
यसबाहेक अर्थमन्त्रालय र राष्ट्र बैंक बीच चल्ने गरेको इगोको द्वन्द्व (तात्कालिन अर्थमन्त्री जनार्दन शर्मा र गभर्नर महाप्रसाद अधिकारीबीचको ईगो) लाई हटाई राष्ट्र बैंकलाई राजनीतिक छायाबाट मुक्त राखी देश एवं जनताको सेवामा लाग्नुपर्ने चुनौती नवनियुक्त गभर्नरमा रहेको छ । गभर्नर प्रकरणमा काँग्रेस र नेकपा (एमाले) ले अडान नछाड्दा गठबन्धन नै टुट्ने जोखिम निम्तिएको थियो । सोही कारण सरकार आलोचित्त बन्दै आइरहेको थियो । अब त्यो समस्या समाप्त भएको छ ।
यसैवीच, यसअघि गभर्नर सिफारिस समिति गठन भएको थियो भने राष्ट्र बैंकमा गभर्नर पद खाली भयो भने समिति सदस्य पूर्वगभर्नर विजयनाथ भट्टराईद्वारा राजिनामा त्यसपछि समितिमा निवर्तमान गभर्नर महाप्रसाद अधिकारी नियुक्त त्यसैगरी विश्व पौडेलद्धारा गभर्नर सिफारिस समितिबाट राजिनामा, पुरानो समिति खारेज, नयाँ गठन । सदस्यमा पोषराज पाण्डे नियुक्त त्यस पछि गएर गभर्नरमा विश्व पौडेल नियुक्त भएका हुन् ।
राष्ट्र बैंकको १८ औं गभर्नरमा डा. पौडेल
Facebook Comments Box
