काठमाडौं/ ‘कागलाई बेल पाक्यो हर्ष न विस्मात’ भनेझैं निजामती सेवामा अवकाशको उमेर हद ६० वर्ष पु¥याउँदा यी सचिव र सहसचिवहरु अनिवार्य अवकाश भएर घर गई सक्नेछन् ।
अबको करिब दुई महिनापछि निजामती सेवामा चलखेल, मोजमस्ती र आयआर्जन गरेर घर जाने सचिवहरुमा २०८२ जेठ २४ गते रघुराम विष्ट, इञ्जिनियरिङ्ग सेवाका मधु भेटवाल जेठ २९ गते रहेका छन् । यसैगरी कानून, न्याय तथा संसदीय मामिलाका उदयराज सापकोटा जेठ २९, व्यवस्थापिका संसद सचिवालयका सुदर्शन खड्का जेठ ३० र असार ६ गते वामदेव अधिकारी जागीरबाट अवकाश भै घर जानेको सूचीमा छन् ।
आर्थिक वर्ष शुरु भै अनिवार्य अवकाशमा ५८ वर्ष पूरा भै २०८२ चैत साल मसान्तसम्म ऐन बनेर आएमा केही सचिवहरुको सेवाअवधि लम्बिने बताइएको छ । त्यसैगरी अनिवार्य अवकाशमा जाने सहसचिवहरुमा नारायणप्रसाद सापकोटा, बद्रीबहादुर कार्की, अरुणकुमार झा, हरिषचन्द्र घिमिरे, शिवराज चौलागाई, रामचन्द्र काफ्ले, चण्डीप्रसाद घिमिरे, रामेश्वर मरहठ्ठा, किरण रुपाखेती, नुरहरि खतिवडा र गोविन्दराज गौली पनि परेका छन् ।
साउने संक्रान्ति अगावै घर जानेहरु उच्च कर्मचारी
Facebook Comments Box
