अनुसा थापा
नेपाल मजदुर किसान पार्टी (नेमकिपा) ले गत फागुन १६ देखि १९ गतेसम्म भक्तपुरको सल्लाघारी चौरमा आफ्नो आठौं महाधिवेशन ग¥यो । नेपाल ट्रष्टको कार्यालयको नाममा रहेको जग्गामा नेमकिपाले भव्य कार्यक्रमस्थल बनाएर महाधिवेशन गरेको थियो । कार्यक्रमको पहिलो दिन विभिन्न ठाउँबाट ¥याली निकालिएको थियो ।
बाजागाजासहित ¥याली निकालेर नेमकिपाका नेता–कार्यकर्ता सल्लाघारी चौरमा भेला भए । कार्यक्रममा सहभागी जम्मै नेपाली थिए । रोचक प्रसंग के हो, नेपाली उपस्थित कार्यक्रमको स्टेजमा सबै विदेशी नेताको तस्वीर झुण्ड्याइएको थियो । एकजना नेपाली नेताको पनि तस्वीर थिएन । यो प्रसंग अलि पुरानो जस्तो लागे पनि यो दलका नेताहरुको क्रियाकलापलाई हेर्दा अहिले पनि यो प्रसंग सान्दर्भिक हुने भएकाले यो लेखमा जोडिएको हो ।
त्यही तस्वीरको तल्लोपट्टी अध्यक्ष नारायणमान बिजुक्छें, सांसद प्रेम सुवाल र भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापति बसेका थिए । बाइसे र चौबीसे राज्यमा छरिएको नेपाललाई एकीकरण गर्ने गोरखाका राजा पृथ्वीनारायण शाह हुन् । ठूलो संघर्ष र धेरैको बलिदानपछि देशमा लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था आएको छ ।
देशमा यो व्यवस्था ल्याउनका लागि १७ हजार नेपालीले आफ्नो ज्यान दिएका छन् । १० वर्षे जनयुद्धको क्रममा हजारौं नागरिक अंगभंग भएका छ्न । नेपालको संविधान, २०७२ जारी भएर कार्यान्वयनमा छ । नेमकिपाले देशको संविधान मान्छौं र व्यवस्थाअनुसार चल्छौं भनेर स्वीकारिसकेको छ ।
संविधान बनेपछि २०७४ सालमा भएको निर्वाचनमा भक्तपुर निर्वाचन क्षेत्र नम्बर १ बाट प्रेम सुवालले चुनाव जिते । २०७९ मा पनि उनले भाग लिए, जिते । प्रमुखमा पनि सुनिल प्रजापतिको दुई कार्यकाल भएको छ । संविधान जारी भएपछि चुनाव लड्नु भनेको संविधान मान्नु हो ।
२०४६ सालमा पञ्चायती व्यवस्था ढालेर बहुदलीय व्यवस्था ल्याउँदा हजारौं नागरिक शहीद र घाइते भए । २०४८ देखि २०७० सालसम्म भक्तपुर १ नम्बर क्षेत्रबाट नारायणमान बिजुक्छेंले चुनाव जितेका छन् । पहिले नेमकिपाले भक्तपुर २ नम्बर क्षेत्रबाट पनि चुनाव जित्थ्यो ।
कालिकोट र जुम्लामा पनि नेमकिपाले चुनाव जितेको इतिहास छ । हाल मुलुक जहाँ छ, त्यो नेपाली जनताको योगदान हो । नेपाली जनता नलडिदिएको भए, आज यिनीहरुले ठाउँ पाउँथे ? हरेक पटक व्यवस्था परिवर्तन हुँदा जनताले आफ्नो ज्यान दिएका छन् । व्यवस्था परिवर्तन भएपछि नारायणमान बिजुक्छें, प्रेम सुवाललगायत सांसद बन्न पुगे ।
उनीहरुले जनताको योगदानको सम्मान गरेनन् । पृथ्वीनारायण शाह र नेपालका शहीदहरुको तस्वीर राख्नुको साटो विदेशीको तस्वीर ल्याएर झुण्ड्याइयो । यस्तालाई के आधारमा नेता भन्ने ? यिनीहरु जनताले तिरेको कर खान मात्र आएनन् । नेपालको नेता भन्ने अनि विदेशीको सम्मान गर्ने । यस्ता पनि नेता ?
यिनीहरुले जनतालाई भ्रमित बनाउने काम गर्दैै आएका छन् । जनताले तिरेको करबाट तलब खाने, लुगा लगाउने, सरकारी गाडी चढ्ने अनि तस्वीरचाहिँ विदेशीको टाँग्ने ? यिनीहरुलाई पदमा पु¥याउनका लागि जनताले दिनभर लाममा उभिएर मतदान गरे । यिनीहरुले त त्यो मतको पनि अपमान गरे ।
ट्रष्टको जग्गामा कार्यक्रम गरेको भनि चौतर्फी विरोध भएपछि फागुन १७ गते कार्यक्रमस्थल सारियो । २०२४ सालमा राजपरिवारले खरिद गरेको सल्लाघारी चौरको १०८ रोपनी दुई आना एक दाम जग्गामध्ये अधिकांश हिनामिना भइसकेको छ । एक हजार रुपियाँ प्रतिरोपनीमा राजा महेन्द्रले त्यहाँका स्थानीयसँग खरिद गरेको जग्गामा अब जम्मा ७०–७५ रोपनी बाँकी छ । त्यहाँको जग्गा मिच्ने जम्मै नेमकिपाका कार्यकर्ता हुन् ।
मतका लागि उनीहरुले जग्गा मिच्नेलाई संरक्षण गरिरहेका छन् । व्यक्तिले मिचेर बाँकी भएको जग्गामा घेराबार लगाइएको छ । सरकारको सम्पत्तिमा व्यक्तिहरुले रजाइँ गरिरहेका छन् । स्थानीय बिकुलाल ख्याउँजुले तीनवटा ढुंगेधारा पुरेर ठूलो घर बनाएका छन् । सो घरमा फलफूल र किराना पसल सञ्चालनमा छ ।
सल्लाघारीको आर्मी ब्यारेकमूनि दायाँबायाँ, दुवाकोट जाने टर्निङ, हनुमन्ते खोलाभन्दा यता सिर्जनानगरको जग्गा २०२८ सालमा नापी भएको थियो । ती जग्गा ऐलानी, सरकारी र गुठी भनी दर्ता गरिएको छ । २०३० सालसम्म त्यहाँ एउटा छाप्रो पनि थिएन । २०३२ सालमा नेमकिपाका एक कार्यकर्ताले छाप्रो बनाएका स्थानीय बताउँछन् ।
२०३५ सालमा एउटाले कच्ची इँटाको घर बनायो, झिंगटीको टाइल हाल्यो । २०४६ मा बहुदलीय व्यवस्था आएपछि यो ठाउँको धेरै रोपनी जग्गा नेमकिपाले आफ्नो कार्यकर्ताको नाममा दर्ता ग¥यो । यो ठाउँको जग्गा आनाको २५ लाखदेखि करोडसम्म पर्छ । ७६ जिल्लाको मान्छेले यहाँ जग्गा किनेर घर बनाएका छन् ।
आफ्नो जिल्लामा हुँदा विभिन्न पार्टीमा लागेकादेखि बहालवाला र भू.पू. सरकारी कर्मचारीले यहाँ जग्गा किनेर घर बनाएको पाइन्छ । उनीहरुले आफ्नो पैसा हालेर जग्गा किनेका छन्, घर निर्माण गरेका छन् । उनीहरु नेमकिपालाई नै मतदान गर्छन् । यसको कारण हो–जग्गा बचाउने खेल ।
अर्को पार्टी आएमा आफ्नो जग्गा सरकारको नाममा जान्छ भन्ने डर त्यहाँका स्थानीयलाई छ । कहिलेसम्म नेमकिपाले जोगाउँछ ? सरकार लागेपछि कसको के लाग्छ ? भोलि कसैले अख्तियार दुरुपयोग अनुसनधान आयोगमा उजुरी हाल्यो र अख्तियार तात्यो भने त सबै मुछिन्छन् ।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र नेपाल ट्रष्टले आफ्नो सम्पत्ति नखोज्दासम्म यिनीहरु बच्लान् । कुनै न कुनै दिन त यिनीहरुको यो खेल बाहिर आउने नै छ । सरकारी सम्पत्ति दोहन गर्नेहरु कानूनको कठघरामा उभिने नै छन् ।
प्रतिनिधिसभामा २७५ जना सांसद छन् । नेमकिपाबाट एकजना मात्रै सांसद छन्–प्रेम सुवाल । सुवाल सदनमा भन्छन्, ‘भ्रष्टाचारीलाई टुँडिखेलमा लगेर झुण्ड्याउनुपर्छ ।’ त्यसो भए उनको हकमा के गर्ने ? जनताले अरु सांसदलाई सोध्छन्, ‘भक्तपुरको सरकारी जग्गा यिनीहरुले गलत रुपमा आफ्ना कार्यकर्तालाई दिएका छन् । यिनीहरुलाई कारबाही गर्नुपर्दैन ? मुखमा कहिलेसम्म बुझो हालेर बस्ने ?’
सत्तामा नगएको व्यक्तिले चाँहि के गलत काम नै गर्दैनन् ? आफू जोगिन र कसैले प्रश्न नउठाओस् भन्ने भएरै सुवाल कुनै पदमा नगएको प्रष्ट छ । अधिवक्ता युवराज सफलले रवि लामिछाने र काठमाडौंका नगर प्रमुख बालेन्द्र साहविरुद्ध मुद्दा दायर गरे तर नारायणमान बिजुक्छेँ, प्रेम सुवाल र सुनिल प्रजापतिलाई किन मुद्दा हालेनन् ?
कानून व्यवसायीहरुले यिनीहरुविरुद्ध मुद्दा दायर गर्नुपर्छ । यिनीहरुलाई कानूनको कठघरामा उभ्याउन आवश्यक भइसकेको छ । गलत काम गर्नेहरु कानूनको हातबाट नउम्किउन् । देशको व्यवस्था जनताले परिवर्तन गरेका हुन्, देशको भूमिको संरक्षण नेपालीले गरेका हुन् । कर तिर्ने पनि जनता नै हुन् ।
अनि विदेशीको तस्वीर टाँसेर भाषण ठोक्नेलाई अब जनताले चिनिराख्नुपर्छ । यिनीहरुलाई नेपाली नेता भन्नु बेकार छ । यिनीहरु जनताले तिरेको करमा तर मार्न मात्र आएका हुन् । भक्तपुरमा सरकारी, सार्वजनिक, गुठी, ऐलानी, तालपोखरी, मठमन्दिरको जग्गा कति थियो ? अख्तियारले खोजोस् ।
भूमि मन्त्रालयको पनि ध्यान जाओस् । कुसुमदेवी थापा नेतृत्वको संसदीय समितिले पनि यो विषयमा चासो राखोस् । जनता कसैको दासी होइनन् । नेपाल सबैको हो । सरकारी सम्पत्ति सबैको साझा हो । जनतालाई भ्रममा राखेर नियामक निकायलाई अन्धकार पारेर सरकारी सम्पत्ति दोहन गर्नेहरुलाई कारबाही गरियोस् ।
कानून सबैलाई सराबरी लाग्छ । सरकारी सम्पत्ति दोहनको कसूरमा अरु जेल गइरहँदा यिनीहरुको अगाडि कानून किन निरीह ? जनताले अब आँखा खोलौं, अपराध गर्नेहरुको विरोध गरौं ।
नेमकिपाको चाल र नैतिकताको पाठ !
Facebook Comments Box
