काठमाडौँ/ नेपाली कांग्रेसका केन्द्रीय सदस्य गणेश लामाले सर्वोच्च अदालतबाट सम्पत्ति शुद्धीकरणको मुद्दामा सफाइ पाएका छन् । सोमबार न्यायाधीशद्वय कुमार रेग्मी र अब्दुल अजीज मुसलमानको इजलासले दाबी नपुग्ने भन्दै लामालाई सफाइ दिएको हो ।
लामाविरुद्ध २०७० जेठ ५ गते एक करोड ४० लाख रुपियाँको मुद्दा दायर भएको थियो । विशेष अदालतले २०७५ साउन २४ गते दोषी ठहर गर्दै एक वर्ष कैद, बिगो बमोजिम जरिवाना र सोही बराबर सम्पत्ति जफतको फैसला गरेकोलाई सर्वोच्च अदालतले उल्ट्याएको हो ।
उक्त फैसलाविरुद्ध सोही वर्ष पुस ९ गते लामा विशेषको फैसलाविरुद्ध सर्वोच्च गएका थिए ।
सर्वोच्च अदालतको पैmसलाले लामालाई राहत मिलेको छ । पैसाको भन्दा पनि सोही मुद्दाका कारण उनी राजनीतिक रुपमा उम्मेदवारी दिनबाट पनि वंचित बन्दै आएका थिए । उनलाई आफ्नै प्रतिस्पर्धीहरुले उनको विरुद्ध मुद्दा रहेको भन्दै खेद्ने कार्य गर्दै आएका थिए । यसैगरी बैंक तथा वित्तीय संस्थामा रहेका लामाका खाताहरु संचालन नहुँदा उनी आर्थिक कारोबार गर्नबाट पनि वंचित हुँदै आएका थिए ।
गणेश लामाले पाए सफाइ
Facebook Comments Box
