नेपाली विद्यार्थीको कमाल

Nayabimarsha (Weekly Newspaper from Nepal)

एस.भट्टराई
सिड्नी/ अष्ट्रेलियामा अध्ययनरत नेपाली युवा अशोक देउजाले नयाँ मोबाइल एप्लिकेशन तयार पाएपछि उनको चर्चा यहाँ बढेको छ । नेपाली विद्यार्थीहरूलाई लक्षित गर्दै उनले ‘ऋ प्रो’ नामक नयाँ मोबाइल एप्लिकेशन तयार पारेका हुन् ।
देउजाले बनाएको यो एप नेपाली प्रयोगकर्ताका लागि सामाजिक सञ्जाल र पेशागत नेटवर्किङ प्लेटफर्म हो । यसको माध्यमबाट रोजगारी खोज्न, पोस्ट गर्न, च्याट, भिडियो, ब्लग साट्न सकिने सुविधा रहेका कारण पनि यो एप चर्चामा आएको छ ।
देउजाका अनुसार प्रयोगकर्ताले आफ्नो प्रोफाइल बनाएर योग्यता, सिप, अनुभवअनुसारको जागिर खोज्न सक्नेछन् ।
एपमा मानसिक क्षमता सूचकाङ्क (एम.सि.आई.) नामको एउटा स्वमूल्याङ्कन प्रणाली राखिएको बताइएको छ । यसको सहयोगले प्रयोगकर्ताले आफ्नो क्षमता र योग्यताको मूल्याङ्कन गरी सुधार गर्न सक्ने दाबी उनले गरेका छन् । उक्त एप एन्ड्रोइड र आइओएस दुवैमा प्ले स्टोर र एप स्टोरबाट डाउनलोड गर्न सकिने बताइएको छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *