ललितपुर/ एमएस्सी इन्जिनियरिङमा हिलसाइड उत्कृष्ट भएको छ । सन् २०१२ देखि बिइ सिभिल र बिइ इलेक्ट्रीकल कार्यक्रमहरु संचालन गर्दै यसले शैक्षिकयात्रा शुरु गरेको थियो ।
सन् २०२३ देखि सिभिल तर्फ एमएस्सी इन कन्ष्ट्रक्सन मेनेजमेण्ट र इलेक्ट्रीकल तर्फ एमएस्सी इन इलेक्ट्रीकल पावर इन्जिनियरिङ कार्यक्रमहरु थप गरेर बिशिष्टिकृत गुणस्तरीय शिक्षा प्रदान गर्न सफल भएको कलेजले जनाएको छ ।
यस शैक्षिक सत्र २०८२ देखि बिइ तर्फ कम्प्युटर इन्जिनियरिङ र आइटीको अर्को आयाम ब्याचलर अफ इन्फर्मेसन टेक्नोलोजी (बिआइटी) समेत संचालनको लागि पूर्वान्चल विश्वविद्यालयले सम्बन्धन प्रदान गरेको बताइएको छ ।
यसैबीच नेपाल इन्जिनियरिङ काउन्सिलका अध्यक्ष प्रा.डा. पद्मबहादुर शाहीको प्रमुख आतिथ्यता, पूर्वान्चल विश्वविद्यालयका डेपुटी कन्ट्रोलर मेनुका श्रेष्ठको विशेष आतिथ्यतामा ग्राजुएट ओरियन्टेसन कार्यक्रम हिलसाइड कलेज अफ इन्जिनियरिङले गरेको छ । हिलसाइड कलेज अफ इन्जिनियरिङ फ्याकल्टीको भूमिकामा समेत रहनु भएका पूर्व सचिव एवं जलस्रोतविज्ञ दिनेश घिमिरे, पूर्वसचिव रविन्द्र श्रेष्ठ, पूर्वसचिव मणिराम गेलाल, नाष्टका पूर्व भिसी प्रा.डा.सुनिलबाबु श्रेष्ठ लगायत अतिथिको रुपमा कार्यक्रममा हुनुहुन्थ्यो ।
नयाँ विद्यार्थीहरुलाई शुभकामना दिनुहँुंदै प्रमुख अतिथि शाहीले गुणस्तर सम्बन्धमा काउन्सिलले अनुगमन, मूल्यांकन र नियमन गरिरहेको हुंँदा कुनै गुनासो भए काउन्सिलमा सम्पर्क राख्न सकिने जानकारी दिनु भयो । हिलसाइड कलेज अफ इन्जिनियरिङले न्यूनतम भौतिक पूर्वाधार लगायत काउन्सिलले तोकेका गुणस्तर तथा मापदण्ड पूरा गरेकोले नै काउन्सिलले स्थायी अनुमति प्रदान गरेको उहाँले बताउनु भयो । मूलतः पढाउने फ्याकल्टीहरुमा हिलसाइड कलेजले उत्कृष्टता हासिल गरेको जानकारी गराउन पाउँदा खुसी लागेको छ भन्दै शाहीले यसलाई निरन्तरता दिँदै अझ गुणस्तरीय शिक्षा प्रदान गर्ने अपेक्षा रहेको जनाउनुभयो ।
त्यसैगरी पूर्वान्चल विश्वविद्यालयका डेपुटी कन्ट्रोलर मेनका श्रेष्ठले भन्नुभयो, “हामी एकाडेमिक क्यालेन्डरलाई पूर्ण रुपमा लागू गर्न गराउन प्रतिवद्व छौं, इन्जिनियरिङ तर्फ पनि हामी लगभग परीक्षा र रिजल्ट समयमै गर्न गैरहेका छौं । अब विद्यार्थीले ४ बर्षे कोर्ष ४ बर्षमै, २ बर्षे कोर्ष २ बर्षमै पूरा गरेर सर्टिफिकेट उपलब्ध गराउने अठोटका साथ अघि बढ्दैछौं तर यसका लागि फ्याकल्टीज, विद्यार्थी, अभिभावकज्यूहरुको सहयोग आवश्यक पर्दछ ।’’
त्यसैगरी पूर्वसचिव घिमिरेले नेपालमा अहिले इनर्जी सेक्टरमा भैरहेको लगानी, इनर्जी निकासी र इनर्जी खपतको सन्दर्भमा हजारौं इलेक्ट्रीकल इन्जिनियर आवश्यक पर्ने भन्दै पूर्वान्चल विश्वविद्यालयको पाठ्यक्रमले त्यस्ता जनशक्ति उत्पादन गर्ने कार्यमा संबोधन गर्ने भएकोले आफूले जानेको ज्ञान पुस्तान्तरणको लागि हिलसाइडको फ्याकल्टी भएको जानकारी गराउनुभयो ।
यस्तै पूर्वसचिव गेलाल र श्रेष्ठले समृद्व नेपाल निर्माणका लागि कन्ष्ट्रक्सन क्षेत्र अपरिहार्य भएको र सो को व्यवस्थापन गर्ने जिम्मेवार जनशक्ति उत्पादन गर्न हिलसाइड कलेज अफ इन्जिनियरिङले सिभिल इन्जिनियर तथा विशिष्टिकृत अध्ययन मार्फत ग्राजुएट गराइरहेको र आफूहरूले जानेको ज्ञान एक्सचेन्ज गर्न पाउँदा प्राज्ञिक क्षेत्रको छुट्टै अनुभूति महसुस भएको जनाउनुभयो ।
नाष्टका पूर्वभिसी प्रा.डा. श्रेष्ठले रिसर्चमुखी अध्ययन अध्यापन गराउनेगरी एमएस्सी प्रोग्राम संचालन भैरहेको र यसको पाठ्यक्रम तर्जूमा देखि नै आफू संलग्न रहेकोले मुलुकको अबको दस बर्षसम्म कस्तो जनशक्ति आवश्यक पर्छ भन्ने प्रक्षेपणको आधारमा कोर्ष तयार पारिएकोले स्वदेश तथा विदेशमा प्राप्त गरेको अनुभव शेयरिङ गर्ने उद्देश्यले हिलसाइड कलेज अफ इन्जिनियरिङसँंग जोडिएकोमा आफूले गौरव गरेको जनाउनुभयो ।
हिलसाइड कलेज अफ इन्जिनियरिङका एमडी गोपीकृष्ण न्यौपानेले अहिले नेपालमा १२ कक्षा सक्नासाथ अभिभावकलाई ४०÷५० लाख कर्जा बोकाएर विद्यार्थी विदेश जाने प्रचलन गलत साबित हुन थालेको बताउनु भयो । उहाँले गत बर्षसम्म पहिलो किस्ता मात्रै विदेश पठाउथे, त्यसपछि विद्यार्थीले कमाएर कलेजको फी तिर्थे, अहिले उता काम नपाएर विद्यार्थी अलपत्र अवस्थामा परेका छन् र सबै शुल्क यताबाटै पठाउनुपरेको सन्दर्भमा ४÷५ बर्षपछि पनि काम नपाएको खण्डमा सबै कर्जा अभिभावकले नै तिर्नुपर्ने हुन्छ, यो बेला कतिको घरखेत पनि लिलाम हुनसक्छ भन्ने धारणा राख्नुभयो । त्यसैले एनओसीमा कन्ट्रोल गरौ, स्नातक÷स्नातकोत्तर तहमा अध्ययन गर्न जानेलाई मात्रै एनओसी दिऔं, तालीमको लागि भन्दै काम गर्न जो एनओसी बांड्ने गरिएको छ, त्यो अवैध छ, तत्काल रोक्नुपर्छ धारणा न्यौपानेले राख्नुभयो ।
बलेजका अध्यक्ष शिक्षाविद्व जनार्दन नेपालको अध्यक्षतामा सो कार्यक्रम भएको थियो ।
एमएस्सी इन्जिनियरिङमा हिलसाइड उत्कृष्ट
Facebook Comments Box
