पत्रकारको परिवारलाई सहयोग

Nayabimarsha (Weekly Newspaper from Nepal)

काठमाडौं/ गत चैत १५ मा तीनकुने घटनामा परेका मृत्यु भएका पत्रकार सुरेस रजकको परिवारलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सहयोग गरेको छ । सो दलले तीन लाख रुपिया सहयोग गरेको हो ।
आफ्नो तेस्रो स्थापना दिवसको दिन पारेर रास्वपाले मानवीय सहयोग भनेर रकम उपलब्ध गराएको हो । चेक हस्तान्तरण गर्न रास्वपाका महामन्त्री कविन्द्र बुर्लाकोटी, कोषाध्यक्ष लिमा अधिकारी र कोष व्यवस्थापन विभागका सदस्य जगदीश खरेल स्व.पत्रकार सुरेस रजकको घर पुगेका थिए । रजकको परिवारलाई यसअघि पनि केही सहयोग अरुले गरेका थिए । घटना भएको साढे दुई महिनापछि रास्वपाले आफ्नो दलको स्थापना दिवसको अवसर पारेर उक्त सहयोग गरेको हो ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *