एनआरएनए क्यानडाको अध्यक्षमा जगन

Nayabimarsha (Weekly Newspaper from Nepal)

क्यानडा / गैर आवासीय नेपाली संघ (एनआरएनए) क्यानडाको अध्यक्षमा जगन सापकोटा विजयी भएका छन् । उनले १५ सय ३२ मत प्राप्त गरी विजयको माला पहिरिएका हुन् । अध्यक्ष पदमा ५ जना प्रतिस्पर्धी रहेको थिए ।
चन्दा अधिकारीले १३ सय ५७, किरोज श्रेष्ठले ८ सय ४८ मत, विद्या भूषण कार्कीले ११ सय ८ र सुरज अधिकारीले २ सय ८३ मत पाएका संघले जनाएको छ । एनआरएनए क्यानडामा ६ हजार १५ जना मतदाता रहेकोमा ५ हजार १ सय ७९ जनाले मतदान गरेका बताइएको छ ।
यसैगरी एनआरएनए क्यानडाको महासचिवमा सर्मिला रानाभाट विजयी भएकी छिन् । उपाध्यक्ष एटलान्टिकमा हरि बराकोटी, उपाध्यक्ष सेण्ट्रर्लमा प्रतीक भण्डारी र वेस्टर्नमा विशाल थापा विजयी भएका छन् । यसैगरी कोषाध्यक्षमा इन्दिरा रिजाल, सहकोषाध्यक्षमा जी.आर.भण्डारी, सचिवमा विजय लम्साल विजयी भए । त्यस्तै युथ कोअर्डिनेटरमा हेमराज काफ्ले विजयी भए ।
त्यसैगरी आईसीसी सदस्यमा कमल भट्टराई, विशाल घिमिरे, पिता पौडेल, पीताम्वर भट्टराई, दिनेश घिमिरे निर्वाचित भए । यसैगरी सदस्यहरूमा एट्लान्टिकबाट सुनिल घिमिरे, मिसिसागाबाट तिलाराम सापकोटा र टीका पहारी, ब्राम्पटनबाट सीता ठाडा राना, सागर गुरुङ र राममाया घिमिरे, महिलातर्फ विष्णुमाया क्षत्री, लण्डन सिटीबाट विजय तामाङ र शिव डल्लाकोटी विजयी भएका जनाइएको छ ।
उता, एनआरएनए क्यानडाको वरिष्ठ उपाध्यक्षमा सन्तोष दाहाल, प्रजापति सापकोटा र डा. पुण्यसागर मरहट्टा तथा महिला उपाध्यक्षमा समिक्षा कार्की र गीता दवाडी ढकाल सर्वसम्मत विजयी भएको जनाइएको छ । शनिबार स्कारब्रोमा भएको साधारण सभाले उनीहरुलाई सर्वसम्मत विजयी घोषणा गरेको हो । सो दुबै पदमा भएको विवाद मिलाउन उम्मेदवारी दिएका पाँचै जनालाई सर्वसम्मत विजयी गराइएको जनाइएको छ ।
यता, उपाध्यक्ष (संघीय सरकार सम्पर्क) पदमा भने जानकी पण्डित र युवा संयोजक (महिला) पदमा स्विकृति खड्काको एकल उम्मेदवारी परेकोले उनीहरू निर्विरोध निर्वाचित भएका हुन् ।
त्यसैगरी उत्तरी ओन्टारीयोको सट्बरीबाट विनोद गुरुङ, नोभा स्कोसीया÷पीईआईबाट मनोजकुमार थापा, क्युबेकबाट जीवन पन्त, ओटावाबाट याम गोतामे, नायग्राबाट भरतकुमार शर्मा, किचनर÷वाटरलुबाट मनोज भण्डारी, मनीटोवाबाट विवेक गौतम, सास्काचनबाट नारायणप्रसाद दहाल, ब्रीटिस कोलम्बियाको भिक्टोरियाबाट पारसदीप सुवेदी, सरेबाट विनोद शर्मा, भ्यानकुवरबाट गोविन्द क्षत्री निर्विरोध निर्वाचित भएका जनाइएको छ । अल्वर्टाको एडमन्टनबाट नरेश पोख्रेल, महिलातर्फ ईश्वरी के.सी. र सगुन पान्डे, क्यालगरीबाट खुमाराज पान्डे, भीम तिवारी र महिलातर्फ प्रीन्जीया ढुंगेल पनि निर्विरोध निर्वाचित भएका छन् ।

 

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *