मिडिया विधेयकबारे चर्चा

Nayabimarsha (Weekly Newspaper from Nepal)

काठमाडौं/ मिडिया काउन्सिल विधेयक पूर्णरुपमा संशोधन गर्नुपर्ने आवाज उठेको छ । सरोकारवाला सञ्चारकर्मीहरुले मिडिया काउन्सिल विधेयकको कार्यपालिकाले चरित्र र उद्देश्य बुझ्न नसकेको भन्दै यसलाई पूर्ण संशोधन गर्नुपर्ने बताएका छन् ।
मंगलबार प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा विधेयकमाथि छलफल गर्दै सञ्चारकर्मीहरुले त्यस्तो धारणा राखेका थिए । त्यसक्रममा कान्तिपुर टेलिभिजनका सम्पादक विजय पौडेलले, ‘मिडिया काउन्सिल भनेको अर्धन्यायिक निकाय हो । कार्यपालिकाले यसको अर्धन्यायिक निकाय भनेको के हो यसको चरित्र पनि बुझेन, उद्देश्य पनि बुझेन ।’ भन्दै उनले ‘स्वायत भनिसकेको छ । देशको समग्र मिडियालाई अनुगमन गर्ने, वर्गीकरण गर्ने जस्ता काम गरिरहँदा यसको मर्म र भावना के हुनुपर्छ भन्ने कुरामा विचलित भएको जस्तो लागेको छ ।’ भन्ने धारणा राखे ।
यसैगरी सञ्चारकर्मी सविन धमलाले विधेयक परिमार्जन गर्नसके स्पष्ट र राम्रो बन्ने धारणा राखे । छलफलमा सांसद तोषिमा कार्की, सुमना श्रेष्ठ, सञ्चारकर्मी हरिबहादुर थापा, राजेन्द्र बानियाँ, गोरखापत्रका महाप्रबन्धक लालबहादुर ऐरीलगायतले आफ्नो धारणा राखेका थिए ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *