काठमाडौं / लोकप्रिय गायन रियालिटी शो ‘द भ्वाइस किड्स’ को चौथो सिजनले १६ जना सेमिफाइनलिस्टलाई चयन गर्न सफल भएको छ । गत सप्ताहन्तका दुई एपिसोडमा यो समीकरण तयार भएको जनाएको छ । चारजना कोचको प्रत्येक समूहमा ४÷४ जना प्रतिस्पर्धी रहेका बताइएको छ ।
यो साता हुने सेमिफाइनल प्रतिस्पर्धाबाट ८ जना फिनालेमा प्रवेश गर्ने सूची छ । अर्को सातामा प्रतियोगिताले एकजना विजेता प्राप्त गर्ने शोका निर्देशक लक्ष्मण पौड्यालले जनाएका छन् ।
खेम सेन्चुरीको समूहमा निर्देशिका अछामी, दिलिजा रुवाली, आदित्य राई र आदर्श धिताल रहेका छन् । यसैगरी मेलिना राईको समूहमा सोनाली राजभण्डारी, श्रीयान रसाइली, नोरेन लोय क्षत्री र आयश्री लकान्द्री रहेका जनाइएको छ ।
यस्तै मिलन नेवारको समूहमा सोनम श्रेष्ठ, निश्चल लिम्बु, आलिया अधिकारी र अैयन राई रहेका छन् । उता, सत्यराज आचार्यको समूहमा स्मायन बजगाईं, श्रीजय महत, रिदम खड्का र प्रज्वल पौडेल रहेका जनाइएको छ ।
‘द भ्वाइस किड्स’ को चर्चा
Facebook Comments Box
